१२ श्रावण २०८१, शनिबार

अामालार्इ बलात्कार गर्न खाेज्ने पक्राउ



धनगढी । आमालाई बलात्कारको प्रयास गर्ने एक जनालाई कैलालीबाट प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको मौका छोपी शुक्रबार साझ खाना खाई सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले बताए । बलात्कारको प्रयास गर्ने अन्दाजी ३१ बर्षिय छोरा नबिन नेपाली (नाम परिवर्तित) लाई स्थानीयको सहयोगमा प्रहरीले जिल्लाको बर्दगोरिया गाँउपालिकाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पिडक छोरालाई जिल्ला चलान गर्ने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । परिवारीक श्रोतका अनुसार छोरा बिगत ११ महिना देखी भारतमा मजदुरी गरी दशै मनाउन घर फर्किएका थिए । पिडकले बेला-बखत मानसिक सन्तुलन गुमाएको जस्तो ब्यवहार देखाउने गरेको भए पनि त्यसो नभई उसले बहाना गर्ने गरेको परिवारको दाबि छ ।

पिडित उनकी आमा एकल महिला हुन । उनी लामो समय देखी घरमा एक्लै बस्दै आएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार