३ जेष्ठ २०८१, बिहीबार

विश्व दृष्टि दिवस मनाइयो



धनगढी । कैलाली जिल्लाको धनगढीमा बिश्व दृष्टि दिवस २०१९ भब्य समारोहका बिच मनाईएको छ ।
नेपाल नेत्रज्योती संघ जिल्ला शाखा कैलालीको आयोजनामा मनाईएको बिश्व दृष्टि दिवस २०१९ को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खानपान र जिवनशैलीका कारण पनि आँखाको ज्योती गुम्ने किसिमका रोगको संक्रमण बढेको बताए । ‘आँखा संवेदनशिल अंग हो’ मुख्यमन्त्री भट्टले भने, ‘यसको सुरक्षाका लागि सरसफाई र खानपानमा ख्याल राख्नुपर्छ ।’ कैलालीमा रहेको गेटा आँखा अस्पतालले नेपालका मात्रै नभएर भरतीय आँखाका बिरामीहरुलाई समेत सेवा दिईरहेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफु धनगढीलाई मोतिया बिन्दु रहित नगर बनाउनका लागि लागिपरेको बताए । धनगढी नेत्रालयसंग समन्वय तथा साझेदारी गरेर ९ वटा आँखा शिविर संचालन गरिसकेका छौ नगरप्रमुख वडले भने जसमा ८ हजार ५ सय ५५ जनाको आँखा परिक्षण गरिनुको साथै २ हजार ६ सय ८१ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने १ हजार १४ जनाको आँखाको निशुल्क सल्यक्रिया समेत गरिएको छ ।
नवजिवन सहकारीका अध्यक्ष तथा चक्रबहादुर सिंह नेपाल नेत्रज्योती संघका कार्यबाहक अध्यक्ष यज्ञ चौधरी लगायतले आँखाको महत्वका बिषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार