१२ श्रावण २०८१, शनिबार

नेपालीहरुको महान पर्व बडादशैं सुरु, पहिलो दिन घटस्थापना



काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदाका दिन आज घटस्थापना गरिन्छ । यस वर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दबै साइत १०ः३५ बजे छ । 

घटस्थापनाका दिन शास्त्रीय विविविधानअनुसार शुभमुहुर्तमा घडा स्थापना गरि जमरा राखिने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

यस पर्वमा विशेषगरि शक्तिका लागि महाकाली, धनका लागि महालक्ष्मी र ज्ञानका लागि महासरस्वीको आराधना गरिन्छ । टिका लगाए शक्ति प्राप्त हुने र सुशासन दिने भएकाले साइत हेर्ने गरिएको प्रा. डा. गौतमले बताए ।

दशमीका दिन विहान ९.४५ बजे देवी विसर्जन गर्ने साइत छ । यस वर्ष घटस्थापनाका दिन दिइने विदा भने सरकारले कटौती गरेको छ । विगतमा विदा दिने चलन थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार