२२ बैशाख २०८१, शनिबार

अवैध रुपमा ढुंगाबालुवा निकासीमा बृद्धिः प्रहरीद्वारा दर्जन बढी ट्याक्टर नियन्त्रणमा



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा अवैध रुपमा ढुुंगा बालुवा ढुुुवानी गरिरहेको अवस्थामा प्रहरीले १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले गिट्टी, बालुवा, ढुंगा लगायतका नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि ठेक्का अनुमति दिइनसकेको अवस्थामा अबैध रुपमा संकलन र ढुवानी हुन लागेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय सुखडले शनिबार साँझ ढुंगा र बालुवा सहित १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज, प्रहरी निरीक्षक हरिशरण भट्टले अवैध रुपमा बालुवा तथा ढुंगा बोकेर आइरहेका ट्याक्टर नियन्त्रणमा लिएको पुष्टी गरे । उनले भने– नगरपालिकाले नदीजन्य सामाग्री उत्खनन् तथा संकलन र निकासीका लागि ठेक्का सम्झौता नै गरिनसकेको अवस्थामा लठुवा कान्द्रा लगायतका नदीबाट अवैध रुपमा ढुंगा तथा बालुवा निकासी भइरहेको सूचनापछि ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिइएको हो । प्रह्री निरीक्षक भट्टका अनुसार नियन्त्रणमा लिइएका छ वटा ट्याक्टरमा बालुवा र सात वटा ट्याक्टरमा ढुंगा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार