१२ श्रावण २०८१, शनिबार

एनसेलको “मेरो प्लान’



काठमाडौ । एनसेलले प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । ग्राहकले अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवा पाउने छन् । एनसेलले बुधबारदेखि लागु हुने सोे योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा योजना ल्याएको जनाएको छ ।
यी योजनाबाट ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशताका रुपमा प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।
ग्राकहले कर सहित २५४.१० रुपैयामा एक जिबी डेटा भोल्युम र कर सहित मात्र १.२८ रुपैया प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् ।
प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित ८९.३८ रुपैयामा थप एक जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा लिन सक्नेछन् ।
प्लान २९९ अन्तर्गत ग्राहकले तीन जिबी डेटा भोल्युम १.१५ रुपैया प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ रुपैयामा सुचारु गर्न सक्नेछन् । प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडि नै सकिएमा ग्राहकले १२७.६९ रुर्पैयामा थप दुई जिबी प्याक सुचारु गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकका लागि छ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ रहेका छन् । ग्राहकले ६३७.१७ रुपैयामा प्लान ४९९ लिन सक्छन् ।
यो प्लानमा १.०२ रुपैया प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिने छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप तीन जिबि डेटाको प्याक १९१.५४ रुर्पैयामा खरिद गर्न सक्नेछन् ।
त्यस्तै प्लान ७९९ अन्तर्गत १०२०.२४ रुपैयामा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार