११ श्रावण २०८१, शुक्रबार

धन मगन स्वरोजगार मेला हुदै



काठमाडौं । नेपालका लागि बजाज तीन पांग्रे गाडीको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले भोली शनिबार इटहरीमा धन मगन स्वरोजगार मेला आयोजना गर्दै छ ।
कार्यक्रमको उद्देश्य युवाहरुका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने रहेको जनाइएको छ । कार्यक्रममा गायक दीपक बज्राचार्य र रिदम ब्यान्डको प्रस्तुति रहने छ । त्यस्तै, हास्य कलाकार राजाराम पोखरेल, सुमन कार्की, गायक विश्व नेपाली, सरिता साह, बिरेन्द्र मुखिया, अनिल कुर्मी र राज शर्माकोपनि प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रम संगसंगै बजाज आरईको टेस्ट ड्राइभ गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार