६ जेष्ठ २०८१, आईतवार

संविधान जारी भएका चार वर्ष : प्रदेश सरकारद्वारा तीन दिन दीपावलीसहित मनाइदै



धनगढी । संविधान सभाद्वारा नेपालको संविधान जारी भएको चार वर्ष पुरा हुँदैछ । संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले तीन दिनसम्म दीपावली तथा विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले आज बिहीबार तथा भोली (शुक्रबार) र पर्सी (शनिबार) सा“झ सबै सरकारी कार्यालयमा दीपावली गरिने जानकारी दिएको छ । प्रदेश सरकारले आम प्रदेशबासीलाई संविधान दिवसमा दीपावली गर्न आव्हान गरेको छ ।
संविधान दिवस मूल समारोह समितिले आज बिहीबार प्रदेशका सबै मन्त्रालय तथा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने जनाएको छ ।
त्यस्तै, प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार ब्याटमिन्टन र म्युजिकल चेयर प्रतियोगिता आयोजना गर्ने जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर बिष्टले आज बिहीबार प्रदेशका सबै सरकारी अस्पताललाई बहिरंग सेवाको टिकट निःशुल्क गर्न दिर्नेशन दिएको र निजी अस्पताललाई समेत बहिरंग सेवा सम्भव भएसम्म निःशुल्क गर्न आग्रह गरिएको बताए ।
भोली शुक्रबार बिहान धनगढीको ट्राफिक चौराहबाट क्षेत्रीय रंगशालासम्म झा“कीसहितको प्रभातफेरी गरिने छ । प्रभातफेरिपछि रंगशालामा समारोह आयोजना हुने छ ।
त्यस्तै, पर्सी शनिबार प्रदेशका सबै सरकारी कार्यालयका हाताभित्र वृक्षरोपण गर्ने र गोदावरी नगरपालिका वडा नम्बर ४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा फलफूलका विरुवा रोपिने मुल आयोजक समितिले जनाएको छ ।
संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरिएको छ । भने चार वटा उपसमितिहरू पनि गठन गरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव अर्जुनप्रसाद पोख्रेलले संविधान दिवसको सम्पूर्ण तयारी पुरा भइसकेको बताए ।
निमित्त सचिव पोख्रेलले प्रदेश राजधानी धनगढीमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूलाई प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको र स्थानीय तहहरूलाई संविधान दिवसका कार्यक्रम आयोजना गर्न आग्रह गरिएको बताए ।
संविधान जारी भएको भोली ३ गते चार वर्ष पुग्दैछ । २०७२ साल असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो ।
संविधान जारी भएपछि स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन भइसकेको छ ।
सुदूरपश्चिम प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको डेढ वर्षको अवधिमा प्रदेश सभाले ३१ वटा आवश्यक कानून निर्माण गरिसकेको छ ।
प्रदेश सरकारले आवश्यक कानुनहरू निर्माण गरिसकेकाले आर्थिक विकास, पूर्वाधार विकास र आर्थिक समृद्धिका यात्राका लागि अब कुनै अवरोध नरहेको समेत बताउ“दै आएको छ ।
प्रदेश सभाले ३१ वटा कानून जारी गरेर प्रदेश राजपत्रमा प्रकाशित भइसकेका छन् । सुदूरपश्चिम प्रदेशको कानुन मन्त्रालयका अनुसार थप एक विधेयक प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणित भई राजपत्रमा प्रकाशन प्रक्रियामा छ भने पा“च वटा विधेयक निर्माणका लागि छलफल जारी छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार निर्माण भएका ३१ वटा ऐनका ३१ वटै कार्यविधि मन्त्रीपरिषद्बाट स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीले छ वटा नियमावली, नौ वटा निर्देशिका र एउटा आचारसंहिता, तीन वटा गठन आदेश, एक् मार्गदर्शन तथा एक मापदण्ड मन्त्रीपरिषद्बाट स्कीकृत भई कार्यान्वयनमा आएको बताए ।
सुदूरपपश्चिम प्रदेश सरकारले यसअघि नै प्रदेश स्थायी राजधानी निर्धारण र नामाकरणलाई प्रमुख उपलब्धीको रुपमा सार्वजनिक गरेको छ ।
प्रदेश सभाको २०७५ साल असोज १२ गतेको बैठकले यस प्रदेशको नाम “सुदूरपश्चिम प्रदेश’ र स्थायी राजधानी कैलाली जिल्लाको “गोदावरी’ मा रहने निर्णय गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार गठनको एक वर्ष सात महिनाको अवधिमा प्रदेश सरकारले एउटा पुरक बजेट र दुई वटा पूर्ण बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार