१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : कछुवागतिमा हुलाकी सडक



वैकल्पिक पूर्वपश्चिम मार्गका रुपमा अघि बढाइएको हुलाकी सडक निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण “अघिअघि निर्माण हुँदै जाने र पछिपछि बिग्रदै जाने” अवस्थाकोृ पुनरावृत्ति भइरहेको छ । कैलाली र कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडकको केही खण्डको निर्माण कार्य पुरा भए पनि छ वटा पुलको निर्माण प्रक्रिया श्ुरु नै भएको छैन । कैलालीका बसन्ता, वाइपास, कञ्चनपुरको डोकेबजारदेखि बैलौरी तथा बेल्डा“डीदेखि र्दैजीसम्मको सडक खण्डको निर्माण कार्य प्रक्रिया बल्ल शुरु भएको छ । कैलालीको सबैभन्दा घना र ठूलो जंगल बसन्तामा बन निकायको असहमतिका कारण निर्माण प्रक्रियामा निकै बिलम्ब भएको थियो । तर, अझैं पनि हुलाकी सडक अन्तर्गत कैलालीमा दुई र कञ्चनपुरमा चार वटा पक्की पुल निर्माण प्रक्रिया नै शुरु हुनसकेको देखिदैन । जैविक मार्गका रुपमा निकै महत्वपूर्ण मानिएको बसन्ता जंगलमा हुलाकी सडक निर्माणबाट पर्ने प्रभावबारे विज्ञहरूको चासोका कारण बिलम्ब भएकोअवस्था थियो । अहिले त्यसको विकल्प खोजिएको छ । अर्कोतिर, निर्माण भइसकेको सडक खण्ड मर्मतमा भइरहेको ढिलाईका कारण समस्या बढेको छ । भने, सडक चौडा गर्ने प्रक्रिया पनि अघि बढ्न सकेको देखिदैन ।
हुलाकी सडकलाई तराई क्षेत्रमा छोटो मार्गका रुपमा प्रस्तुत गरिएको छ । कैलालीको हकमा पनि हुलाकी सडक निर्माण कार्य पुरा हुदा निश्चय पनि सडक यातायात छिटो हुने र ढुवानी भाडामा कमी आउनुका साथै दक्षिण तिरका गाउ“वस्ती जोडिने जानेछन् । यसले पक्कै पनि दक्षिणतिरको आर्थिक गतिविधिमा बृद्धि हुने छ । त्यस्तै, उत्तरदक्षिणका मार्गहरूले अहिलेको पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकलाई जोड्ने हु“दा आर्थिक विकासले गति लिने सम्भावना प्रवल हुने छ । तर, सुदूरपश्चिमका कतिपय प्रमुख सडक निर्माण कार्यमा भइरहेको अनावश्यक ढिलाई झैं हुलाकी सडक निर्माणमा पनि भइरहेको ढिलासुस्ती उदेगलाग्दो छ । कैलालीको सहजपुर–बोगटान–दिपायल सडकको प्रसंग होसु वा खुटिया–बोगटान सडकको कुरा होस्, अथवा कैलालीका विभिन्न गाउ“को चक्कर लगाइरहेको सेती लोकमार्ग निर्माणको उदाहरण होस्, सरकारी ढिलासुस्तीका नमुनाका रुपमा रहेका छन् । कुनै सडक निर्माण योजना पुरा नहुदै अर्को योजना अघि बढाउने र वर्षौसम्म तन्काईरहने प्रवृत्ति झैं भइसकेको छ । यसले गर्दा एकातिर प्रारम्भिक लागत अनुमानमा पछि गएर निकै बढोत्तरी हुने समस्या त हुन्छ नै सडक योजना पुरा हुन्जेल कतिपय खण्ड बिग्रेर पुनःनिर्माण गर्नुपर्ने स्थिति बनिसकेको हुन्छ ।
कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकलाई प्राथमिकताका साथ निर्धारित समयभित्रै पुरा गर्न निर्माण हुन बा“की सडकखण्डका साथै पुलहरूको निर्माण प्रक्रिया यथासिघ्र अघि बढाउनु जरुरी छ । सुदूरपश्चिमका कतिपय महत्वपूर्ण सडक योजना संघीय सरकार वा प्रदेश सरकार कस्ले अघि बढाउने भन्नेमा पटकपटक निर्णय परिवर्तन हुने गरेको छ । हुलाकी सडक संघीय सरकारको मातहतमा बन्ने भएपछि प्रदेश सरकारले चासो राख्न नचाहेको अवस्था छ । त्यस्तै अवस्था अन्य कतिपय महत्वपूर्ण सडक योजनाको पनि छ । तर, कैलाली, कञ्१चनपुर सहित प्रदेशभित्र निर्माण हुने सडक वा अन्य विकास आयोजनाको मुख्य सरोकार प्रदेश तथा स्थानीय सरकारको हुने भएकाले हुलाकी सडक निर्धारित समयभित्र पुरा गर्नेतर्फ ध्यान दिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार