१० श्रावण २०८१, बिहीबार

तेस्रोलिङ्गीहरूको गुनासो– सरकारी निकायबाटै विभेद भइरहेको छ



धनगढी । ‘नेपालको संविधानले तेस्रोलिङ्गी तथा समलिङ्गीलाई छुट्टै पहिचानका साथ नागरिकता पाउनसक्ने व्यवस्था गरेको छ, तर नागरिकता बनाउनका लागि वडाको सिफारिस लिन जा“दा अझैं पनि कठिनाई भोग्नु परिराखेको छ’ तेस्रोलिङ्गी आशिका चौधरीले भनिन्– वडाध्यक्ष तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले अझैं पनि सहज रुपमा सिफारिस गर्न आनाकानी गर्ने गरेका छन् ।


आशिका साेमबार धनगढीमा आयोजित एक कार्यक्रममा तेस्रोलिङ्गी तथा समलिङ्गीले विभिन्न सेवा प्राप्त गर्नुपर्दा भोग्नुपरेका अनुभवहरू प्रस्तुत गर्दै थिइन् । उनले सरकारी निकायहरूबाट सेवा लिने क्रममा तेस्रोलिङ्गी तथा समलिङ्गीहरूले भोग्नुपरेका कठिनाई सुनाइन्– हामी तेस्रोलिङ्गीको पहिचानबाट नागरिकताका लागि सिफारिस लिन वडा कार्यालय जा“दा ‘यो त केटा हो । केटीको नाममा कसरी नाम सिफारिस गर्ने ?’ भन्दै सिफारिस गर्न मान्दैनन् । अझैं पनि स्थानीइ जनप्रतिनिधि तथा कर्मचारीहरूमा तेस्रोलिङ्गी तथा समलिङ्गीबारे संवैधानिक तथा कानूनी ब्याख्या र व्यवस्थाबारे जानकारीको अभाव रहेको अनुभव गरेका छौं ।
सोमबार निलहिरा समाजको समन्वयमा राष्ट्रिय मानवअधिकार आयोगले धनगढीमा आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक, ज्येष्ठ नागरिकहरूको मानवअधिकारको अवस्था विषयक अन्तक्र्रियामा आफ्ना भोगाई व्यक्त गर्दै उनले भनिन्– समाजमा अझै पनि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । उनले अझै पनि आपूहरूलाई समाजले नराम्रो दृष्टिकोणले व्यवहार गर्ने, अपशब्द व्यक्त गर्ने तेस्रोलिङ्गी र समलिङ्गी भएकै कारण घर र समाजबाट बहिस्कृत हुनुपरेको सुनाइन् ।
उनले थपिन्– पढ्ने ठुलो रहर थियो । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्न जा“दा अरु विद्यार्थीहरूको रुखो र नराम्रो व्यवहारका कारण बीचैमा पढाई छोड्न बाध्य भए ।
गोदावरी नगरपालिकाकी तेस्रोलिङ्गी अनिता सापकोटाले सुनाइन्– मैले अत्तरियामा अनिता सापकोटाको नामबाट कपडा पसल खोले, तर ग्राहकहरूले मेरो पसलको नाम नै बिगारेर लेखे ।
अनिता छोराको रुपमा जन्मिएकी थिइन् । उनको सानै उमेरदेखि केटीको जस्तै व्यवहार थियो । उनले आफ्नो बारेमा भनिन्– मेरो बानी केटीको जस्तै भएपछि विद्यालयमा साथीहरूले जिस्क्याउन थाले । शुरुमा मलाई समाजमा तेस्रो लिङ्गीका रुपमा चिनाउन अप्ठ्यारो लाग्यो । जब विस्तारै तेस्रोलिङ्गी र समलिङ्गीका अधिकारबारे थाहा पाए, अनि मैले पनि आफूलाई समाजमा तेस्रोलिङ्गीका रुपमा परिचय दिन शुरु गरे ।
कार्यक्रममा सहभागी तेस्रोलिङ्गी तथा समलिङ्गीहरूले आफ्ना भोगाई र समस्याबारे खुलेरै प्रस्तुत गरे । तेस्रोलिङ्गी निरन चौधरीले आफूलाई रोजगारमा लाग्न समेत समस्या रहेको गुनासो गरिन् । भनिन्– मैले अध्ययन गर्ने क्रममा क्याम्पसमा साथीहरूबाट खासै विभेद झेल्नु परेन, तर अहिले रोजगारी पाउन समस्या भएको छ ।
उनले लोकसेवा आयोगमा तेस्रोलिङ्गीलाई पनि आरक्षणको व्यवस्था गरिनु पर्ने माग दोहो¥याइन् । अहिले निलहिरा समाजमा काम गरिरहेकी उनले भनिन्– अहिले संस्थाले सञ्चालन गरेको परियोजनामा काम गरिरहेकी छु । तर, परियोजना सकिएपछि पुनः वेरोजगार बन्नुपर्ने अवस्था छ ।
निलहिरा समाजकी करुणा नेपालीले तेस्रोलिङ्गीलाई अझै पनि समाजमा खुलेर आउन सक्ने अवस्था नबनेको चर्चा गरिन् । उनले तेस्रोलिङ्गी भएकै कारण घरबाट निस्काशित हुनुपर्ने, बीचैमा पढाई छोड्नुपर्ने, समाजमा सम्मानजनक अवस्थामा बस्न सक्ने अवस्था नरहेको, जिविकोपार्जनका लागि रोजगार नपाउने, व्यापार व्यवसायमा दुव्र्यवहार खेप्नुपर्ने लगायतका समस्या रहेको बताइन् ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले पनि आफूहरूले समाज तथा परिवारमा सम्मानजनक रुपमा बाच्न सक्ने अवस्था नरहेको गुनासो गरे । ज्येष्ठ नागरिक लालमणी पाण्डेयले भने– अहिले इन्जिनियर, शिक्षक, व्यापारी लगायतका बढी शिक्षित व्यक्तिहरूले नै आफ्ना आमाबुबालाई बृद्धाश्रममा राख्ने गरेको अवस्था छ ।

सबैले संविधान तथा कानुनको पालना गर्नुपर्छ– प्रजिअ बोहरा

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले समाजमा रहेका विकृति हटाउन कानुन बने पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको चर्चा गरे । प्रजिअ बोहराले भने– समाजमा रहेका कुप्रथा तथा विकृतिलाई कानुनबाट बन्देज गरिएको छ । त्यसैले व्यवहारिक रुपमा कार्यान्वयन गराउन समाजमा जागरुकता फैलाउनेतर्फ सबैको ध्यान जानु पर्दछ ।
प्रजिअ बोहराले कतिपय कानुनलाई अझैं पनि समाजले पूर्ण रुपमा स्वीकार नगर्नु र कतिपय कानुन कार्यान्वयनमा नआएका कारण पनि समस्या भएको बताए ।
उनले विगतको तुलनामा मानवअधिकारको अवस्थामा सुधार हु“दै गएको बताए । उनले भने–पहिला महिलाहरू घरको काममा मात्र लाग्नुपर्छ, विद्यालय जानु हु“दैन लगायतका विभिन्न गलत सोच र संस्कार थिए । अहिले विस्तारै हट्दै गएका छन् ।
कार्यक्रममा कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले मानवअधिकारको संरक्षणमा सुरक्षा निकाय कटिवद्ध रहेको बताए । उनले प्रहरी कार्यालयलाई ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री बनाइएको दोहो¥याए ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय निर्देशक झंकरबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मोहनराज जोशी, मुख्य न्यायधिवक्ताको कार्यालयका सूचना अधिकारी सुरबहादुर परियार, अधिवक्ता जोहारीलाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कानुन व्यवसायी, विभिन्न संघ÷संस्थामा कार्यरत प्रमुख तथा प्रतिनिधी, ज्येष्ठ नागरिक, तेस्रोलिङ्गी तथा समलिङ्गी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार