१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशका सात वडामा उपनिर्वाचन हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्ला सात वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ ।


स्थानीय तहको पछिल्लो निर्वाचन भएको दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छ वटा वडा अध्यक्षबिहीहन भएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशको डोटीको आर्दश गाउँपालिका वडा नम्बर २, अछामको मेल्लेख गाउ“पालिकाको वडा नम्बर ५ र बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुने छ ।
त्यस्तै, बैतडीकै पुर्चौडी गाउँपालिकाको वडा नम्बर ४ र सुर्नया गाउँपालिकाको वडा नम्बर १, कञ्चनपुरको पुनर्बास नगरपालिकाको वडा नम्बर ३ र बाजुराको त्रिवेणी नगरपालिकाको वडा नम्बर १ मा पनि उपनिर्वाचन हुने जनाइएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ ।
त्यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहरा र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको मृत्यु भएकोले उपनिर्वाचन हुनेछ ।
त्यस्तै, कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएकाले उपनिर्वाचन हुने जनाईएको छ ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।
निर्वाचन अधिकृत भट्टका अनुसार असोज १० गतेसम्म मतदाता नामावलीमा दाबी विरोधको म्याद तोकिएको छ । असोज १० पछि अन्तिम मतदाता नामावली आउने र निर्वाचनका कार्यक्रम अघि बढ्ने छन् । उनले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउने बताए ।
यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलबीच अगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार देशभर रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेस“गै मतदाता नामवालीमा नाम दर्ता गराउने काम गत साउन १६ गतेदेखि रोकिएको छ । साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हुने भएपछि बैतडी लगायतका पाँच वटै जिल्लामा निर्वाचनका लागि राजनीतिक चहलपहल सुरु भएको छ । उपनिर्वाचन अगावै बैतडीमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताहरू केन्द्रीत हुन थालेपछि चहलपल बढेको छ ।
उपनिर्वाचनका लागि २०७६ साल साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता भएर १८ वर्ष उमेर पूरा भएकाले भोट हाल्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्रप्रसाद फुया“लले जानकारी दिए ।
२०७६ साउन १६ गतेसम्म बैतडीका करिब सात हजार नया“ मतदाता थपिएको पनि फुयाँलले जानकारी दिए । गत निर्वाचनमा बैतडी जिल्लाभरी एक लाख ३२ हजार तीन सय १९ मतदाता रहेका थिए ।
उपनिर्वाचन हुने पालिकामा थपिएका नयाँ मतदातासहित दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा एकहजार पा“च सय १४ जना मतदाता रहेका छन् ।
त्यस्तै, पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा एक हजार नौ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार