१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटनामा बृद्धि



धनगढी । सुदूरपश्चिम प्रदेशमा मानब बेचबिखन तथा ओसारपोसारको क्रम प्रत्येक वर्ष बढ्दै गएको छ ।


संघिय प्रहरी कार्यालय धनगढीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १७ वटा मानब बेचबिखन तथा ओसारपसारका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७४/७५ मा ३२ वटा मानव ओसारपसार तथा बेचबिखनका मुद्दा दर्ता भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३७ वटा मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको हालसम्म तीन मुद्दा दर्ता भएको संघिय प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश कैलालीले जनाएको छ । यी मध्ये सबैभन्दा बढी कैलाली र कञ्चनपुरबाट मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७४/७५ मा कैलालीमा नौ, कञ्चनपुरमा १३, डोटीमा दुई, बैतडीमा एक, बझाङ्मा पाँच, दार्चुलामा एक र बाजुरामा एक मानव बेचविखनसम्बन्धी उजुरी दर्ता भएको जनाइएकोा छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा कैलालीमा २०, कञ्चनपुरमा १२, डोटीमा एक, बैतडीमा एक, डडेल्धुरामा एक, बझाङमा एक र दार्चुलामा एक उजुरी दर्ता भएको थियो ।
प्रहरीले मानव बेचबिखन तथा ओसार पोसार नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ । प्रहरीले जनस्तरमा जनचेतनात्मक कार्यक्रमसंगै सिमानाकामा चेकजाँचमा कडाइ गरेको पनि जनाएको छ ।
संघिय प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक कर्णबहादूर बमले प्रहरीको प्रयासबाट मात्रै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कठिन रहेको बताए । उनले प्रत्येक स्थानीय सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
मानब बेचबिखन नियन्त्रणका क्षेत्रमा लामो समयदेखि काम गरेकी गोमा आचार्यले सरकारी पक्षले मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि दिवस हेरेर बस्नुभन्दा गाउँ केन्द्रित भएर जनचेतनामुलक कार्यक्रम तथा सिमामा चेकजाँच कडाइ गर्नुपर्ने बताइन् ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाइयो
शुक्रबार सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिमले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवश मनाएको छ ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि अब दिवस मात्रै नहेरिने बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव तेजराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
मन्त्रालयका उसचिव झंकरबहादुर विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत कमला शाहीले गरेकी थिइन् ।
कार्यक्रममा संघ÷संस्थाका प्रमुख, विभिन्न विद्यालयका विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार