११ श्रावण २०८१, शुक्रबार

बाली बिमाको रकम वितरण



धनगढी । बिमा गरेको अन्नवाली र फलफूल खेतीको क्षतिपूर्ति रकम पाएर कैलारी गाउपालिका वडा नम्बर ५ बिशनपुरका मानबहादुर चौधरी दंग छन् ।


नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापति उत्तम जोशीले किसान मानबहादुरलाई बिहीबार ११ हजार ८ सय ८० रुपैयाको चेक हस्तान्तरण गरे ।
नेपाल रेडक्रस सोसाईटी कैलाली र मर्सिकोर नेपालको साझेदारीमा संचालित एमरेड परियोजनाले उनलाई केराखेतीमा सहयोग गर्नुका साथै बिमा समेत गरिदिएको थियो ।
रेडक्रस सोसाईटी कैलालीका सभापति जोशीले किसानहरूहरूमा कृषि बिमा गर्नुपर्छ भन्नेमा जागरण ल्याउन बिमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले किसानहरूलाई नगदे खेतितर्फ आकर्षण गराउनका लागि एमरेड परियोजना क्रियाशिल रहेको बताए ।
किसान मानबहादुरको केरा खेतीमा जेठ २३ गतेको हावाहुरीबाट पूर्ण रुपमा क्षति पुगेको रेडक्रस सोसाईटी कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार