१४ किलाे चरेशसहित पाँच जना पक्राउ
बझाङ । बझाङ प्रहरीले चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीलेअभियुक्तहरुको साथबाट १४ किलो लागुपदार्थ चरेस बरामद गरेको जनाएको छ ।
बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्रीपोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ८ ख १०७४ नम्बरको गाडी चेकजाँच गर्दा प्रहरीले १२ किलोग्राम चरेस बरामद गरेको थियो ।
प्रहरीले घटना संलग्न रहेको आरोपमा केदास्युँ गाउँपालिका वडा नम्बर ५ का बस चालक काशी ठगुन्ना, सुर्मा गाउँपालिका वडा नम्बर १ दौलिचौरका हरिवीर बोहरा, रनकला बोहरा र लछी बोहोरालाई पक्राउ गरेको छ ।
त्यस्तै, मंगलबार राति चैनपुरबाटै धनगढीतर्फ जा“दै गरेको अर्को बसलाई जयपृथ्वी नगरपालिका वडा नम्बर ७ तमैल बजारमा चेकजाँच गर्ने क्रममा सुर्मा गाउ“पालिका वडा नम्बर ४ घर भई हाल कैलालीको फुलवारीमा बस्दै आएका नरेशबहादुर बोहरालाई एक किलो दुई सय ग्राम चरेससहित नियन्त्रणमा लिएको डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।
नरेशको साथबाट प्रहरीले ४१ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ । चरेससहित नियन्त्रणमा लिइएका सबै जनाको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र उनीहरुलाई लागूऔषध ओसार पसार सम्बन्धी ऐन अर्न्तगत कारबाही गरिने प्रहरीले जनाएको छ ।