१८ आश्विन २०८१, शुक्रबार

अटवारी कोशेली सहित सहारा घरमा



सुखड । कैलालीको गौरीगंगा नगरपालिका प्रमुख सहितको टोलीले बौनियामा रहेको सहारा घरमा थारु समुदायको अट्वारी पर्वको कोशेली पुर्‍याएको छ ।


अटवारी पर्वका लागि तयार गरिएका बिभिन्न परिकार, खाद्यान्न र फलफूल सहित नगर प्रमुख भीमबहादुर देउवा, उपप्रमुख अञ्चला चौधरी, वडाध्यक्ष, वडा सदस्यहरू सहितको टोलीले सोमबार सहारा घरमा पुगेर कोशेली प्रदान गरेको छ ।
सो अवसरमा नगर प्रमुख देउवाले असहायका लागि सहारा घर साच्चै नै असहायहरूका लागि आश्रय बनेको चर्चा गरे ।
नगर उपप्रमुख अञ्चलाले अट्वारी पर्वमा दिदीबहिनीका लागि दाजुभाई ब्रत बस्ने र दिदीबहिनीलाई सगुनका रुपमा विभिन्न पर्किार, फलफूल दिने प्रचलन रहेको र सहारा घरमा रहेका असहायहरूलाई पनि दिदीबहिनी र दाजुभाईको रुपमा सगुन प्रदान गरिएको बताइन् ।
सो अवसरमा सहारा घर सञ्चालक बलबहादुर बिष्टले गौरिगंगा नगरपालिकाको न्यानो माया र सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
उनले प्रदेशका प्रायः सबै स्थानीय तहबाट मानसिक रोगी तथा असहाय ब्यक्तिहरूलाई सिफारिकका साथ सहारा घरमा पठाउने गरे पनि स्याहारसुसारका लागि कुनै सहयोग नगरेको गुनासो गरे ।
हाल सहारा घरमा ५३ जना असहाय र मानसिक रोगीहरूको लालनपालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार