११ श्रावण २०८१, शुक्रबार

सानिमा बैंकको शाखा विस्तार



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा सानिमा बैंकको शाखा उद्घाटन भएको छ । सानिमा बैंकको यो ७९ औं शाखा रहेको जनाइएको छ ।


आइतबार बौनियमा आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका सद्भावना दूत तथा प्रशिद्ध हाँस्य कलाकार हरिबंश आर्चाय र बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहालले शाखाको उद्घाटन गरे ।
बैंक संचालक समिति सदस्य भरत पोख्रेलले स्वागत गरेको कार्यक्रममा बैंकका कार्यकारी प्रमुख दाहाल, हास्य कलाकार आचार्य, बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौराथारु, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार