१० श्रावण २०८१, बिहीबार

छोरी पाएका आठ दम्पत्तिलाई सम्मान गरियो



बझाङ । छोरी पाएर सन्तुष्ट बनेर परिवार नियोजन गरेका बझाङका आठ दम्पत्तिलाई सम्मान गरिएको छ । पहिलो छोरी जन्मिएपछि परिवार नियोजन गर्ने जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ५ का रमेशप्रसाद उपाध्याय र श्रीमति शान्ती देवी सहित आठ दम्पत्तिलाई जिल्ला समन्वय समिति, बझाङले सम्मान गरेको छ ।


सरकारी कर्मचारी रमेश दम्पत्तिका एउटै छोरी बोल्न सक्दिनन् भने श्रवण शक्ति पनि कमजोर छ । आइतबार आयोजित एक कार्यक्रममा रमेश दम्पत्ति सहित आठ दम्पत्तिलाई प्रतिनिधि सभा सदस्य आशा विकले सम्मान गरिन् ।
सो अवसरमा साईपाल गाउ“पालिकाका कुलगिरी धामी र रमा विक तथा वलभान बिक र खिउटीदेवी विक, दुर्गाथली गाउ“पालिकाका गिरी जपे्रल र डल्लीदेवी जप्रेल, छबिसपाथीभेरा गाउ“पालिकाका दमन भण्डारी र प्रमिला भण्डारी, जयपृथ्वी नगरपालिकाका कलक ओली र धौलीदेवी ओली तथा ऐनबहादुर सिंह र डम्मरादेवी सिहं तथा मष्टा गाउ“पालिकाका रामसिंह आग्री र पदमकला आग्रीलाई सम्मान गरियो ।
वडाध्यक्ष कलक ओलीले तीन छोरी जन्मिएपछि बन्धाकरण गरेको बताए । त्यस्तै, गिरी जप्रेल, दमन भण्डारी, कूलगिरी धामी, वलमान विक, रामसिंह आग्री र ऐनबहादुर सिंहले पनि दुई छोरी जन्मिएपछि परिवार नियोजन गरेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य आशाले सम्मान गरिएका दम्पत्तिहरूले समाजमा छोरीलाई छोरा सरह व्यवहार गर्दै लैंगिक विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरिन् ।
कार्यक्रममा पूर्व सभासद अफिलाल ओखेडा, जिल्ला समन्वय समिति प्रमुख खडकबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार