११ श्रावण २०८१, शुक्रबार

एनआइसीले ल्यायो सवा एक करोडको बिमा सुविधा कार्यक्रम



धनगढी । एनआइसी एसिया बैंकले सुपर चमत्कारिक बचत योजना अन्तरगत खाता खोल्ने ग्राहकहरूका लागि एक करोड रुपैयाँ बढीको बिमा सुविधा कार्यक्रम ल्याएको छ ।


एनआइसी एसिया बैंकले सो बचत योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई एक करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको निःशुल्क बिमा सुविधा कार्यक्रम लागू गरिएको जनाएको छ ।
बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बिमा योजनाबारे जानकारी दिइयो ।
सो अवसरमा बैंकका प्रदेश प्रमुख टेकराज भट्टले सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहक र उनका परिवार सदस्यका लागि सो बिमा योजना ल्याइएको बताए । उनले बिमाको. सम्पूर्ण प्रिमियम एक वर्षका लागि बैैंकले नै बेहोर्ने बताए ।
सो बिमा योजना अन्तरगत बिमित परिवारका सम्पूर्ण सदस्यले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्त भएमा एक करोड रुपैया“को बिमा रकम पाउने छन् । बैंकका प्रदेश प्रमुख भट्टले दुर्घटनामा अशक्त भएमा ६० लाखदेखि एक करोड रुपैयाँसम्म बिमा सुविधा दिइने बताए ।
उनले विमित दम्पतिको लागि नेपाल सरकारले सूचिकृत गरेका घातक रोगहरूको उपचारका लागि ३० लाख र औषधि उपचारका लागि एक लाख ५० हजार रुपैया“को बिमा सुविधा प्रदान गरिने बताए ।
बैंकका प्रदेश प्रमुख भट्टका अनुसार यसअघि खाता खोलिसकेका ग्राहकले समेत सेवा ट्रान्सफर गरेर सुपर चमत्कारिक बचत योजनाको सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
उनले यो योजना अन्तरगत ग्राहकले कुनै पनि बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सक्ने र ऋणमा समेत विशेष छुटका साथै घरमै बैंकिङ सुविधा प्राप्त गर्ने सक्ने बताए ।
उनले ई–कमर्श एक्टिभेसन, लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, क्रेडिट कार्ड समेत निःशुल्क दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार