१२ श्रावण २०८१, शनिबार

घरेलु उद्याेग महासंघकाे टाेली र मुख्यमन्त्रीबीच भेटवार्ता



धनगढी । घरेलु तथा साना उद्योग महासंघको टोलीले सोमबार सुदूरपश्चिम सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टसंग भेट गरेको छ । सुदूरपश्चिमका लघु घरेलु उद्योगको वर्तमान अवस्था र महासंघले खेलेको भूमिकाका बारेमा छलफल भएको हो ।
मंगलबार अाज धनगढी हुने लघु घरेलु तथा साना उद्योगहरुको अवस्था सम्भावना र चुनौती बिषयक कार्यक्रममा भाग लिन केन्दीय टाेली धनगढी आएको हो । भेटमा यस क्षेत्रमा लघु घरेलु उद्योगहरुको संभावना राम्रो भयकाले उद्यमीहरूलाई यसमा लाग्न अनुरोध गर्दै मुख्यमन्त्री भट्टले पर्देश सरकारले पनि एक स्थानीय तह एक उद्योग स्थापना गर्ने नीति लियको बताए ।
टोलीमा अध्यक्ष श्याम प्रसाद गिरी वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह उपाध्यक्ष सुर्य कंडेल महिला उपाध्यक्ष रिता अवाले महासचिव डम्बर प्रसाद रेग्मी प्रदेस कार्यवाहक अध्यक्ष नर बहादुर रावल महिला सभापति रुक्मिणी देवकोटा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार