४ जेष्ठ २०८१, शुक्रबार

घाँटी रेटर लुटिएकी ओलीको उपचारमा समस्या



शैलेन्द्र रोकाया/बझाङ । घाँटी रेटेर गर गहना लुटपाटमा परेकी थलारा गाउँपालिका वडा नम्बर ५ हाट घर भएकी बिमला ओलीको आर्थिक अभावमा उपचार गर्न समस्या भएको छ ।


पीडक पक्षले उपचार गरिदिने बताएको भएपनि अहिले वास्ता नगरेका कारण ओलीको उपचारमा समस्या भएको हो । ओलीको नेपालगन्ज नर्सिङ्ग होममा अस्पतालमा उपचार भइरहेको छ ।
स्युँ गाउँपालिका वडा नम्बर ९ माइती घरबाट घर आउदै गर्दा साउन २० गते थलारा गाउँपालिका वडा नम्बर ३ कुच नजिकै रहेको छेडे भिरमा बिमला ओली र उहाँर्की १३ बर्षिया बहिनी सुनिता ओलीलाई सोही गाउँपालिका वडा नम्बर ६ का प्रेम कठायत , सौरव चौहान र अनिल चौहानले घाँटी रेटेर नाक कान र घाँटीमा लगाएका सुन चादीका गहना , मोवाइल र नगद रुपियाँ लुटेको थियो । घाइते ओली बेहोस अवस्थामा भेटिएकी थिइन ।
लुटिएको घटना पारिपट्टी भिरमा घाँस काट्ने महिलाले देखेपछि उहाँको उद्धार भएको थियो । बेहोस भएकी ओलीको कान तथा घाँटीमा गहिरो चोट लागेकोले उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । उनको घटना भएको १० दिनपछि होस खुलेको आफन्तहरुले बताएका छन । हालसम्म सात लाख रुपैयाँ खर्च भइसकेको छ अब पैसाको जोहो गर्न सकिदैन ओलीकी बहिनी भावना ओलीले बताइन ।
घाइतेका आफन्तहरुले पीडक पक्षले उपचार गर्न आनाकानी गरेको भन्दै उपचार गराउने वातावरण मिलाइ दिन जिल्ला प्रशासन कार्यालयमा आग्रह समेत गरेका छन् । घाइते ओलीका ससुरा नरबहादुर खातीका अनुसार उपचारका लागि थालारा गाउँपालिकाले भने एकलाख रुपियाँ दिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उपचारका लागि गाउँपालिकासंग समन्वय गरेर पीडकबाटै उपचार गराउने पहल भइरहेको बताए ।
घटनामा संलग्न रहेका दुवै जनाले धारिलो हतियार प्रयोग गरेर गहना लुटपाट गरेर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी प्रमुख ईश्वरीदत्त जोशीले बताए । उनका अनुसार लुटेराहरुमाथि जबरजस्ती करणी उद्योग , ज्यानमार्ने उद्योग र डाँका चोरि गरेर तीन प्रकारका मुद्धा चलाएको आजको गोरखापत्रमाछापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार