११ श्रावण २०८१, शुक्रबार

टीकापर घटनाका ४ वर्ष : आजदेखि थरुहट थारुवान राष्ट्रिय सम्मेलन



टीकापुर । टीकापुर घटनाको आज (शनिबार) चार वर्ष पुरा भएको छ । थरुहट÷थारुवान संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गतेको हिंसामा एक बरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको हत्या भएको थियो ।


त्यस्तै, भदौ ८ गते भएको व्यापक आगजनी र लुटपाटका घटनामा फूलबारी एफएम सहित थारु समुदायका दर्जनौ घर, पसलमा व्यापक क्षती भएको थियो ।
घटनाको चार वर्षपछि शनिबार थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन शुरु हुदेछ ।
थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा हुने सम्मेलनमा नेपालका २५ जिल्लाका दश हजार बढीको सहभागिता रहने जनाइएको छ ।
सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । आयोजकले सम्मेलनले सामाजिक सद्भाव, शान्ति प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।
आयोजकले सम्मेलनको तराई पुरा भएको जनाएको छ ।

पूर्वसन्ध्यामा स्मृति सभा

२०७२ भदौ ७ गतेको घटनामा ज्यान गुमाएका डेढ वर्षीय टेकबहादुर साउँद तथा सुरक्षाकर्मीहरूको स्मृतिमा २०७२ सालमै स्थापना गरिएको टेकबहादुर साउँद स्मृति केन्द्रले शुक्रबार टीकापुरमा स्मृतिसभा गरेको छ ।
थरुहट÷थारुवान राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गर्दै स्मृति केन्द्रले एक दिनअघि कार्यक्रम आयोजना गरेको जनाएको छ ।
स्मृति केन्द्रले विगतका वर्षहरूमा भदौ ७ गते नै कार्यक्रम आयोजना गर्दै आएको थियो ।
स्मृति केन्द्रका अध्यक्ष टेकबहादुर साउदले यस वर्ष ७ गते टीकापुरमा थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन आयोजना हुन लागेकोले आफूहरूले पनि दीगो शान्ति र सद्भाव बृद्धिमा योगदान पुर्‍याउन एक दिनअिघ नै कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादीले सबै जातजाति, धर्म, वर्ग, संस्कृतिका मानिस मिलेर टीकापुरमा मेलमिलाप तथा सद्भाव कायम गर्न आग्रह गरिन ।
थारु कल्याणकारीणी सभा कैलालीका सचिव देशराज चौधरीले समाजमा विभाजन ल्याउने तत्वहरूले टीकापुरको एकता बिगार्ने प्रयास गरे पनि सबै मिलेर टीकापुरमा सद्भाव कायम गर्नुपर्ने बताए ।
थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन तयारी समितीका सदस्य दिनेशकुमार थारुले टीकापुर सबै जातजाति, वर्ग, संस्कृति, क्षेत्रको साझा थलो भएकोले दीगो शान्ति र सद्भाव अभिबृद्धि गर्न सबै पक्ष एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा, जिल्ला समन्वय समिती कैलालीका सदस्य ललित साउद, नेकपाका नेता भैरवबहादुर रावल, नेपाली कांग्रेसका नेता धनराज उपाध्याय, संघिय समाजवादी पार्टीका हरि तिमिल्सेना, राष्ट्रिय जनमोर्चाका दयाराम सञ्ज्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम स्मृति केन्द्रका अध्यक्ष जंगबहादुर साउदको अध्यक्षतामा भएको थियो ।
स्मृति केन्द्रको लागि टीकापुर नगर विकास समितिले साढे दुई बिघा जमिन उपलब्ध गराएर शहिद पार्क सहित बाल उद्यान निर्माण भइरहेको जानकारी दिइयो । सो कार्यका लागि नेपाल सरकारले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार