११ श्रावण २०८१, शुक्रबार

हरेरि महोत्सव सम्पन्न



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईमा थारु समुदायले आयोजना गरेको ‘हरेरी महोत्सव २०७६’ बिहीबार सम्पन्न भएको छ ।


जाइँको देउथानमा तीन दिनसम्म ‘हरेरी महोत्सव’ आयोजना भएको थियो । महोत्सवका समापन कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पूर्खाहरूले गरेका असल अभ्यासहरूको जगेर्ना गर्नुपर्ने बताइन् ।
महोत्सवमा थारु समुदायको मौलिक मंग्रहवा नाच, लाठी नाच, सखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका सांस्कृतिक नाचहरू प्रर्दशन गरिएको थारु अगुवा विनय चौधरीले जानकारी दिए ।

त्यसैगरी, महोत्सवमा ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार