२ जेष्ठ २०८१, बुधबार

डडेल्धुरामा हैजाको प्रकोप : मन्त्री बोहरा प्रभावित क्षेत्रमा



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ८ जमरानीमा हैजा रोगको संक्रमण बढ्दै गएको छ । हैजाको प्रकोप फैलिएपछि बिहीबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहरा प्रभावित क्षेत्रको भ्रमणमा गएका छन ।
परशुराम नगरपालिकाको वडा नम्बर ८, सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको प्रकोप बढेको समाचार सार्वजनिक भएपछि मन्त्री बोहराको नेतृत्वमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, परशुराम नगरपालिका प्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले हैजाको प्रकोप फैलिएको खबर पाएपछि औषधि सहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको जानकारी दिए ।
ती तीन गाउँमा बिहीबारसम्म ८५ जनामा हैजा देखिएको साँदनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले जानकारी दिए ।
उनले गाउँको माथि रहेको पानीको मुहान दुषित भएकाले हैजा फैलिएको बताए । उनले पानीमा दिसामा पाईने विषाणुृ पाइएको बताए ।
हैजा प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो ।
साउन २९ गते झाडापखालाको प्रकोप देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार