११ पुष २०८१, बिहीबार

राजनीतिकर्मीले शुरु गरे कुखुरापालन व्यवसाय



बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३, मानाकोटका धनलक्ष्मी जोशी कुखुरापालन व्यवसायमा लागेकी छिन । जोशी संघीय समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन ।


केनद्रीय सदस्य जोशीले बडिमालिका नगरपालिका वडा नम्बर ७ चुथीमा युवा जनचेतना पोल्टी फार्म सञ्चालन गरेकी छिन् । उनले कुखुरापालन व्यवसायबाट आफ्नो सात जनाको परिवारको लालनपालन गरिरहेकी छिन ।
जोशीको पोल्टी फार्ममा चार सय बढी कुखुरा छन् । उनले वर्षायाम भएर कम कुखुरा पालेको र अरु समयमा एक हजार पा“च सय कुखुरा पाल्ने गरेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार