१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन आइतबार अन्त्य भएको छ । बजेट अधिवेशनका रुपमा समेत रहेको चौथो अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्नुका साथै आठ वटा विधेयक पारित गरेको छ ।


सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले अधिवेशन अन्त्य गर्न पठाएको पत्र वाचन गरी अधिवेशन अन्त्य भएको घोषणा गरे ।
सभामुख थापाले प्रदेश सभाको चौथो अधिवेशनले प्रदेशका लागि आठ वटा विधेयक पारित गरेको बताए ।
आइतबारको बैठकमा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन विधेयक पारित भएको थियो । प्रदेश सभाको चौथो अधिवेशनलेस्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशको लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सुदूरपश्चिम प्रदेशको आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक २०७६ पारित गरेको छ ।
त्यस्तै, चौथो अधिवेशनबाट प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७६, केही प्रदेश ऐन संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६, सुद्ूरपश्चिम प्रदेशको कृषि तथा पशुपञ्क्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र आर्थिक वर्ष २०७६÷०७७ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभासचिवालयका अनुसार जेठ १ गतेबाट सुरु भएको चौथो अधिवेशनमा ३६ वटा बैठक बसेको थियो । जम्मा ३४ दिन बोलाइएको प्रदेशसभा बैठक ३८ घण्टा ३७ मिनेट चलेको सभामुख थापाले जानकारी दिए ।
चौथो अधिवेशनमा विशेष समय सात पटक र सून्य समय दुई पटक प्रदान गरिएको थियो ।चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेटको विषयमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) को तीब्र असहमति रहेपछि प्रदेश सभाको बैठक लगातार २१ दिनसम्म आठ पटक स्थगित भएको थियो ।
प्रदेश सभाको चौथो अधिवेशन समापनको अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेशको उन्नति, प्रगतिका लागि प्रदेश गौरवका आयोजनाहरू सञ्चालनका लागि विशेष ध्यान दिन सरकारसंग अनुरोध गरे । प्रमुख प्रतिपक्षी नेता डाक्टर रावलले भने– जनताका थुप्रै आकांक्षा रहेका छन्, त्यसैले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका जनतालाई विकासको अनुभूति हुने गरी काम गर्नु प¥यो ।
प्रमुख प्रतिपक्ष नेता रावलले प्रदेश सभा सदस्यहरू तथा प्रतिपक्ष दलले उठाएका सवालहरूमा सरकारले गम्भीरतापूर्वक काम गर्न आग्रह गरे ।
बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामातामाङले देखिने गरी राजधानी कार्यान्वयनको काम गर्न प्रदेश सरकारलाई आग्रह दोह¥याए ।
प्रमुख सचेतक तामाङले प्रदेशसभा सदस्यहरूलाई संघीयतालाई बलियो बनाउन भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद मालामति रानाले पारित भएका विधेयकहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्र्नेतर्फ ध्यान दिन आग्रह गरिन् ।
सांसद रानाले जनताले कर तिरे अनुसार विकासको अनुभूति गर्न नसकेको चर्चा गरिन् ।
यसअघि बैठकमा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन विधेयकमाथि दफावार छलफल भएको थियो ।
बैठकमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सो विधेयकमाथि दफावार छलफल गरी पारित गर्न प्रस्ताव पेस गरेकी थिइन् ।
विधेयकमाथिको दफावार छलफलमा प्रदेशसभा सदस्यहरू बलबहादुर सोडारी, श्यामलाल राना थारु, दुर्गाकुमारी कामी र शान्ति नेपालीले भाग लिए ।
सो विधेयक पारित भएसंगै सुदूरपश्चिम प्रदेशमो कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण, व्यवस्थापन, अनुगमन तथा मुल्य निर्धारण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार