२७ पुष २०८१, शनिबार

एनआइसी एसियाको कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर



धनगढी । एनआईसी एशिया बैंकले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ गड्डाचौकी भन्सार कार्यालयमा विस्तारित काउण्टरसञ्चालनमा ल्याएको छ ।

विस्तारित बैंक काउण्टरको आइतबार एक कार्यक्रमबीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उदघाटन गरे ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयप्रमुख भिमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुखईश्वरी अर्याल, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, बैंकका अधिकारीहरू लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वैद्यले विस्तारित बैंक काउण्टरले भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयातनिर्यात सम्बन्धी कारोबारका छिटो छरितो बैंकिङ सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
एनआइसी एसिया बैंकको नेपालभरी दुई सय ९५ शाखा, तीन सय ३८ एटिएम सेवा, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा ४१ वटा शाखारहित बैंकिङ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार