१० श्रावण २०८१, बिहीबार

कुटपिटमा परेकी महिलाको उजुरी अझैं दर्ता भएन



धनगढी । जग्गाको साँधसिमा विवादमा निर्घात कुटिएकी महिलाको उजुरी प्रहरीले आइतबार पनि दर्ता गरेन।


कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गोप्काकी ३० वर्षीया रामजानकी चौधरीलाई छिमेकी मार्कण्डी, यमबहादुर र छोरी लक्ष्मीले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएकी रामजानकीको ४० दिनपछि होस आएको थियो । उनको अहिले सेती अस्पतालमा उपचार भइरहेको छ ।
आईतबार पीडित, पीडक र प्रहरीबीच उजुरी दर्ताका लागि छलफल भएको थियो । छलफल निष्कर्षविहिन भएपछि पीडितहरूले ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउ“दा प्रहरीले नलिएको उनीहरूको गुनासो छ ।
पीडित रामजानकीकाश्रीमान तीर्थले भने ‘ज्यान मार्ने उद्योग अन्र्तगत प्रमाण अपुग भएको र अन्य शिर्षकमा उजुरी दर्ता गराउन प्रहरीले सुझाव दिएको’ बताए ।
पीडित पक्षले यसअघि पनि ज्यान मार्ने उद्योग अन्र्तगत इलाका प्रहरी कार्यालय लम्की र जिल्ला प्रहरी कार्यालयमा पटकपटक उजुरी दर्ताका धाएका थिए ।
तीर्थले भने– ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरीका लागि अंगभंग, निलडाम अथवा हतियार प्रयोग भएको घाउ अनिवार्य हुनुपर्ने प्रहरीले बताउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले ‘ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गर्दा पीडितका पक्षमा मुद्दा कमजोर हुने देखिएकाले कुटपिट तथा अन्यमा मुद्दा दर्ता गराउन सुझाव दिएको’ बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार