१२ श्रावण २०८१, शनिबार

सडकका कारण दुई दर्जन परिवारको बिचल्ली



बझाङ । बझाङको थलारा गाउ“पालिका वडा नम्बर ४डोजरको अत्यधिक प्रयोग गरेर निर्माण गरिएको सडकका कारण दुई दर्जन घरपरिवार बिचल्लीमा परेका छन । जथाभावी डोजर प्रयोग गरेर बनाइएको सडकमा पहिरो जा“दा दुई परिवारको उठिबास नै भएको छ । भने अन्य २३ परिवार पहिरोको उच्च जोखिममा परेका छन ।


थलारा गाउपालिका वडा नम्बर ४ का लागि २०७१ सालमा सडकको सर्भे गरिएको र २०७२ सालबाट काम शुरु भएको थियो । स्थानीयका अनुसार एक करोड ७० लाख रुपैयाको लगानीमा २०७३ साल चैत्रमा सडक निर्माण कार्य पुरा भएको थियो ।
तर, २०७४ सालको वर्षायाम सडक मुनिको गाउमा पहिरो पसेपछि वडा नम्बर ४ तोलीका नवराज जोशीको परिवार विस्थापित भएर कञ्चनपुर गएको छ । उनी ०७५ सालमा गाउं छोडेर कञ्चनपुर गएका थिए । जोशीले पांच जना छोराछोरी, आमा सहित आठ जनाको परिवार कञ्चनपुर बसाई सरेको बताए ।

त्यस्तै सोही वडाका हरिमल बोहराको परिवार पनि विस्थापित बनेको छ । सडक कटान गरेर गाउंमा पहिरो पसेपछि उनी पांच जना छोराछोरी सहित धनगढीमा रहेकी छोरीको घरमा आश्रय लिएर बसेको उनले बताए ।

जथाभावी रुपमा निर्माण गरिएको सडकका कारण वर्षायाममा पहिरो जांदा अन्य २३ परिवारको पनि उठिबास हुने अबस्था आएको छ । स्थानीय दुर्गादत्त जोशीले भने– पानी पर्न थालेपछि पहिरो आउन शुरु भइहाल्छ । रातभरी जाग्राम बस्नु पर्ने अवस्था छ ।

स्थानीयका अनुसार सर्भे गरिएको स्थानभन्दा अन्यत्र सडक बनाइएकोले पनि पहिरोको जोखिम बढेको छ । स्थानीय जोशीले भने– सर्भे गर्ने वेला खैराणी, माटिखान,पिपलको रुख हुदै तिखा ढुं्गा भन्ने स्थानसम्म सडक बनाउने कुरा भएको थियो । तर, पछि सडक बनाउदा खैराणीदेखि सिलम्भु तोली हुदै तिखाढुंगा
लगियो ।
स्थानीय मानबहादुर बोहराले सर्भे नगरिएको स्थानबाट सडक निर्माण हुन थालेपछि गाउलेले तीन महिनाम्म डोजर नै चल्न नदिएको बताए ।
पहिरोका कारण स्थानीय ६५ परिवारको ८० रोपनी खेतीयोग्य जग्गामा समत क्षती भएको छ । स्थानीय सुना देवी बोहराले पहिरोबाट गाउ जोगाउन प्रदेश सरकारले १५ लाख रुपैयाकोग्याबिनजाली लगाए पनि पहिरोले तीन दिनमै बगाएको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार