१२ श्रावण २०८१, शनिबार

स्वीमिङ पुल र फुडकोर्ट सञ्चालनमा



धनगढी । धनगढीमा रहेको चौलानी ग्रुप अफ कम्पनीले फुडकोर्ट, स्वीमिङ पुल र कफि सप सञ्चालनमा ल्याएको छ ।


एक करोड ५० लाख रुपैयाको लगानीमा स्वीमिङ पुल र ५० लाख रुपैयाको लगानीमा फुडकोर्ट सञ्चालनमा ल्याइएको चौलानी गु्रपका सञ्चालक मानसिंह साउदले बताए ।
त्यस्तै ३५ लाख रुपैयाको लगानीमा काठमाडौ सहित देशका विभिन्न आठ स्थानमा अन्तराष्ट्रिय स्तरको रेडमुड क्याफे पनि सञ्चालनमा ल्याइएको उनले बताए ।
३५ कोठा सहितको बुटिक होटल, न्याकुजि तथा साउना सहितको फिटनेश सेन्टर, रेष्टुरेण्ट दशैं अगावै सञ्चालनको तयारी समेत रहेको उनले बताए ।
स्वीमिङ पुल, फुडकोर्ट र रेडमड कफीको उद्घाटन सञ्चालकका बुवा केशव साउदले गरेका थिए ।
सञ्चालक साउ“दले एक पटकमा एक सय ५० जनाको क्षमता रहेको स्विमिङ पुल विहान ८ देखि राती आठ बजेसम्म खुला रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार