१२ श्रावण २०८१, शनिबार

होटल पिस उद्घाटन



धनगढी । धनगढीका तीन युवाको सहकार्यमा धनगढी चौराहामा होटल पिस खुलेको छ ।


विष्णु केसी, जयबहादुर सिंह र राजन भट्टको संयुक्त लगानीमा सञ्चालन भएको होटलको शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होलट व्यवसायी संघका अध्यक्ष कलम बमले संयुक्त रुपमा उद्घाटन गरेका छन् । करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालित होटलले सुदूरपश्चिम प्रदेशका स्थानीय परिकार प्रस्तुत गर्ने होटलका सञ्चालक सिंहले बताए ।
उनले कोदो, फापर, मकैका परिकारहरु विशेष रुपमा प्रस्तुत गरिने बताए । उनले होटेलले दैनिक रुपमा फरक र सस्तो दरमा गुणस्तरीय र हाइजेनिक खानाको परिकार प्रस्तुत गरिने बताए । उनले होटलले ग्राहकलाई सस्तो दरमा बसोबासको समेत व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार