२३ बैशाख २०८१, आईतवार

विपद व्यवस्थापन सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनको माग



धनगढी । सुदूरपश्चिमप्रदेशसभा सदस्यहरूले प्रदेश सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन ध्यानाकर्षण गरेका दिएका छन् ।


सुदूरपश्चिम प्रदेश सभाको शुक्रबारको वैठकको शून्य समयमा धारणा राख्दै अधिकांस सांसदहरूले विपद व्यवस्थापन ऐन र त्यससंग सम्बन्धित कार्यविधिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरीकहरूले समस्या भोग्नु परिराखेको बताए ।
प्रदेश सभा बैठकमा प्रदेश सांसद दुर्गा कुमारी कामीले अछाममा पहिरो, बाढीबाट नागरिकहरूप्रभावितहु“दापनि सरकारको भूमिका नदेखिएकोमा सरकारको ध्यानाकर्षण गराइन् ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले सरकारको विपद् व्यवस्थापन सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा कैलालीका हावाहुरी पीडित अहिलेसम्म पुनस्र्थाना हुन नसकेको बताए ।
सत्ता पक्षकै सांसद कुन्ती जोशीले डडेल्धुरा अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउने सरकारले पहल गर्नुपर्नेमा जोड दिए। अस्पतालमा जनशक्ति अभाव र भएको जनशक्ति पनि स्थानीयतहमा समायोजनको तयारीमा रहेकाले प्रदेश सरकारले संघ सरकारसंग त्यसको पूर्तीका लागिपहल गर्नु पर्ने बताए ।
सत्तापक्षकै अर्का सांसद गेल्बु सिंह वोहराले दार्चूलामा पनि पहिरोबाट अधिकांस स्थानीयत्रासमा रहेका भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यसैबीचप्रदेश सभा बैठकमा प्रदेशका केही ऐन संशोधन सम्बन्धि  विधेयक समेत टेबल भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले विधेयक टेबल गरे । विधेयकले प्रदेशको नामाकरण हुनु अघि पारित ऐनहरूको नाम संशोधन गर्ने जनाइएको छ । प्रदेश सभाको अर्को बैठक आइतबार आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार