२३ बैशाख २०८१, आईतवार

प्रदेश सरकारद्वारा सार्वजनिक विदा सुचि जारी



धनगढी । सुदूरपश्चिमप्रदेश सरकारले २०७६ सालमाप्रदान गरिने सार्वजनिकविदाको सूचिजारी गरेको छ । प्रदेशको साउन ८ गते बसेको मन्त्रीपरिषदको बैठकलेप्रदेशकामुख्य चाडपर्व तथा महत्वपुर्ण दिनमासार्वजनिकविदादिनेनिर्णय गरेको थियो ।


प्रदेश सरकारले सार्वजनिक गरेको विदा सूचिमासावण ३० गते ‘रक्षाबन्धन’, भदौ १५ गते ‘अटवारी पर्व’, पौष १० गते ‘भुवापर्व’ र माघ १ गते ‘माघे संक्रान्ति’ मा विदादिने निर्णय गरेको छ ।
प्रदेश सरकारको विदा सूचि सार्वजनिक भएपछि प्रदेशका केहीमुख्य सांस्कृतिकधार्मिक चाडपर्व तथादिनमाविदादिनेप्रतिध्याननदिएकोमा आक्रोस व्यक्त गरेका छन् । यस क्षेत्रका संस्कृतिकर्मी, साहित्यकार, रचनाकार, कलाकार, बुद्धिजिवि आदिले प्रदेश सरकारले सामाजिक सञ्जालमार्फत आक्रोस व्यक्त गरेका छन् ।
कैलालीजनपुस्तकालयकाअध्यक्ष डाक्टर टीएन जोशीले प्रदेश सरकारको निर्णयप्रति टिप्पणी गरेका छन्–सुदूरपश्चिम सरकारले ‘गौरापर्व’लाई सम्बोधनकिन गरेन?भदौ १ को ‘ओल्के’पनि समेटिएन। गौरापर्वमा विदानदिएर ‘भुवो पर्व’ मा विदादिन सुहाएन कि ?’
उनले प्रदेशलाई नेपालभरीनै परिचित गराउने मुख्यपर्वका रुपमागौरा पर्वलाई लिइने गरेकोमा सरकारको ध्यानाकर्षण गराएका छन । गौरापर्व सुदूरपश्चिमप्रदेशको मुख्यधार्मिक सांस्कृतिकपर्वका रुपमा रहेको छ ।
उपप्रध्यापक समेत रहेका डाक्टर जोशीले विगतमा संघिय सरकारले समेत गौरा पर्वमा सार्वजनिकविदादिएकोमा प्रदेश सरकारले ध्यानदिनआग्रह गरेका छन ।
त्यस्तै, प्रदेश सरकारले थारुसमुदायको प्रमुखपर्व माघीमा एक दिनमात्रविदादिने निर्णय गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन ।थारु समुदायले माघीमा तीनदिनविदाको मागगर्दै आएका छन् ।
२०७५ मा पनिप्रदेश सरकारले माघीमा एक दिनमात्रविदादिने निर्णय गरेपछि थारु समुदायहरूले सरकारको निर्णयप्रतिआपत्तीजनाएकाथिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार