२३ बैशाख २०८१, आईतवार

नक्कली नोट छाप्ने गिरोह सार्वजनिक



शेरबहादुर ऐर/धनगढी । नक्कली नोट छाप्ने गिरोहलाई कैलाली प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न मितिमा सो गिरोहका सदस्यहरूलाई पक्राउ गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १, नैनादेवीस्थित एउटा घर कोठा भाडामा लिएर बस्ने गिरोहले नेपाली तथा भारतीय नक्कली नोट छपाई गरिरहेको थियो ।
कैलाली प्रहरीले नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेका कैलालीको चुरे गाउ“पालिका वडा नम्बर १ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएका २५ वर्षका खगेन्द्र बम (खगेन्द्र बहादुर रजवार), चुरे गाउ“पालिका वडा नम्बर १ का २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लवराज भट्ट, महोत्तरी जिल्लाका साविक किसाननगर गाविस वडा नम्बर ९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरमा बस्ने २५ वर्षका गोकुलबहादुर खड्का, कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ घर भई धनगढी उपमहानगरपालिका १ मा बस्ने ३४ वर्षका छेदुराम डंगौराथारु र भारतको लखिमपुर खिरीका २२ वर्षका श्रवण कुमार सिंह तथा २३ वर्षीय गुरुजित सिंहलाई विभिन्न मितिमा पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले श्रवण र गुरुजितलाई साउन ३ गते ४० हजार नौ सय भारु नक्कली नोटसहित पक्राउ गरेको थियो । भने, छेदुरामलाई साउन १५ गते सेती अञ्चल अस्पतालबाट एक हजारका ४ वटा नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो ।
त्यस्तै, खगेन्द्र र भोजलाई साउन १७ गते धनगढी वडा नम्बर १ मामा उनीहरूको डेराबाट, पल्लवराजलाई १८ गते धनगढी वडा नम्बर ३ बाट तथा गोकुललाई साउन २१ गते काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको थियो ।
कैलाली प्रहरीका अनुसार धनगढी बजारको एक सानो किराना पसलमा एक हजारको नक्कली नोट फेला परेको पसल सञ्चालकले प्रहरीलाई जानकारी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
कैलालीका प्रहरी प्रमुख सुदिप गिरीले भने– बजारमा नक्कली नोट छयाप्पछयाप्ती रहेको भन्ने थाहा पाएपछि सुक्ष्म ढंगले यसको अनुसन्धान थालियो । अनुसन्धानकै क्रममा प्रहरीले दुई जना भारतीय नागरिक श्रवण र गुरुजीतलाई साउन ३ गते ४० हजार नौ सय भारु नोटसहित पक्राउ ग¥यो । हामीले मुख्य योजनाकारसम्म पुग्न अनुसन्धान जारी राखेका थियौं । सोही क्रममा धनगढीको सेती अञ्चल अस्पतालको फार्मेसीमा एक जना अपरिचित व्यक्तिले एक हजारको १७ वटा नक्कली नोट दिई नेपाली पा“च सय रुपैया दरका नोट सटही गरी लगेकोे भन्ने सूचना पायौं ।
प्रहरी उपरीक्षक गिरीले सोही सूचनाका आधारमा हुलियाका पहिचान गर्दै जा“दा भागीरामलाई पक्राउ गरेको बताए । प्रहरीले भागीरामबाट एक हजारका चार वटा नक्कली नोट पनि बरामद गरेको थियो ।


प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको मुख्य योजनाकार गोकुलबहादुर रहेको जनाएको छ । उनले नक्कली नोट तयारी गर्दा कटिङ, फिनिसिङ समेत गर्ने, सेटिङ मिलाउने र सिकाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । आइटी सम्बन्धी १८ महिने कोर्ष गरेका गोकुल लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र, लाइसेन्स लगायत अन्य नक्कली कागजपत्र बनाउने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
उनी चैतमा धनगढी आई खगेन्द्रसंग सो योजना बनाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोकुलले १३ लाख ५० हजार बराबरको नक्कली नोट छापेको बुझिएको जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान विभागको टोलीको सहयोगमा कोटेश्वरबाट पक्राउ गरिएको थियो ।
गोकुलसंग परिचित भएका खगेन्द्रले भने मेसिन खरिदका लागि पैसाको बन्दोवस्त गरेका थिए । खगेन्द्रलाई पैसा छाप्न सिकाएका गोकुल एक महिनापछि काठमाडौं फर्किएका थिए । गोकुल गएपछि खगेन्द्रले नक्कली नोट तयार गर्दा कटिङ्, फिनिसिं गर्ने तथा ग्राहक खोज्ने काम गर्न थाले ।
खगेन्द्रसंगै भोजबहादुर मेसिन खरिद गर्न गएका थिए । भोजबहादुर कागज, पानी, टेप तथा अन्य आवश्यक सामान ल्याउने काममा सहयोगी रहेको प्रहरीले जनाएको छ । प्रहरीले साउन १८ गते पक्राउ गरेका पल्लव भने नक्कली नोट तयार भैसकेपछि ग्राहक खोजि दिने काममा संलग्न रहेको जनाइएको छ ।
गोकुल गइसकेपछि गिरोहका बांकी सदस्यले १० लाख रुपैया बराबरको नक्कली नोट छापेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक गिरीले बताए । उनले भने– अझै बढी नोट छापेको हुनुपर्छ । प्रारम्भिक अनुसन्धानमा गोकुलले १३ लाख ५० हजार र खगेन्द्रसहितको टोलीले १० लाख नगद बराबरको नक्कली नोट छापेको पाइएको छ ।’
प्रहरीले पक्राउ गरेका खगेन्द्रको घरबाट नक्कली नोट छाप्न प्रयोग गरिएको एक थान ब्रोदर कम्पनीको मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान ए–३ डबल साइजको सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ । उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको चार नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै आठ नोट, पा“च सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोट बरामद गरिएको प्रहरी उपरीक्षक गिरीले बताए । त्यस्तै एक हजारका ६८ नोट समेत बरामद गरिएको उनले बताए ।
प्रहरीले विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोबाईल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्टम्प पनि बरामद गरिएको छ ।
प्रहरीले उनीहरुविरुद्ध खोटा मुद्रा चलन अपराधमा कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार खोटा मुद्रा बनाए पा“च वर्षदेखि १० वर्षसम्म कैद तथा ५० हजार देखि एक लाख रुपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ ।
यसैगरी खोटा मुद्रा चलन गर्ने गरेको प्रमाणित भएमा ७ वर्ष सम्म कैद र ७० हजार रुपैंया सम्म जरिवाना तिर्नुपर्ने व्यवस्था समेत अपराध संहिता २०७४ ले गरेको छ । संगठित अपराध गरेको प्रंमाणित भए मुलुकी ऐनले निर्दिष्ट गरेको सजायमा थप ५० प्रतिशत बढी सजाय भुक्तानी गर्नु पर्ने व्यवस्था मुलुकी ऐन २०७२ ले निर्दिष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार