१२ श्रावण २०८१, शनिबार

८८ अर्बमा ५ सय किमि प्रशारणलार्इन



धनगढी । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ११ हजार ५ सय ८० मेगावाट बराबर विद्युत् प्रसारण गर्नका लागि ६ आयोजना अघि बढाउने भएको छ । आगामी पाँच वर्षभित्र अर्थात २०२५ फेब्रुअरीभित्र निर्माण सम्पन्न गर्ने गरी कर्णाली, सेती, भेरी, अरुण र तमोर कोरिडोरमा ६ प्रसारणलाइन निर्माणको आयोजना कम्पनीले अघि बढाएको हो ।

कम्पनीले तयार पारेको पाँच वर्षे योजनामा ८७ अर्ब ८५ करोड रुपैयाँ लागत बराबरका ४ सय ९८ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ । “ग्रीड कम्पनीले पाँच वर्षभित्र ६ प्रसारण लाइन आयोजना निर्माण गर्ने गरी पाँच वर्षे योजना अघि बढाएको छ,” ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले भने । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ११ हजार ५ सय ८० मेगावाट बराबर विद्युत् प्रसारण गर्नका लागि ६ आयोजना अघि बढाउने भएको छ । आगामी पाँच वर्षभित्र अर्थात २०२५ फेब्रुअरीभित्र निर्माण सम्पन्न गर्ने गरी कर्णाली, सेती, भेरी, अरुण र तमोर कोरिडोरमा ६ प्रसारणलाइन निर्माणको आयोजना कम्पनीले अघि बढाएको हो ।

कम्पनीले तयार पारेको पाँच वर्षे योजनामा ८७ अर्ब ८५ करोड रुपैयाँ लागत बराबरका ४ सय ९८ किलोमिटर लामो प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ । “ग्रीड कम्पनीले पाँच वर्षभित्र ६ प्रसारण लाइन आयोजना निर्माण गर्ने गरी पाँच वर्षे योजना अघि बढाएको छ,” ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.नेत्र ज्ञवालीले भने । कम्पनीले अघि बढाउन लागेका आयोजनाहरू अध्ययनको चरणमा छन् भने २०२१ सुरु गरिसक्ने लक्ष्य कम्पनीको छ । कम्पनीका अनुसार, ५ हजार मेगावाट विद्युत् आदानप्रदान गर्नसक्ने करिब २२ अर्ब बराबरको १३० किलोमिटर लामो ४ सय केभीको फुकोट–कर्मदेव प्रसारणलाइन निर्माण गर्ने योजना छ ।
हाल अध्ययनमा रहेको सो प्रसारणलाइन बनेपछि ४२० मेगावाटको फुकोट कर्णाली, ४२० मेगावाटको तिला–१, ४२० मेगावाटको तिला–२ र ६८८ मेगावाटको वेतन कर्णाली लगायतका आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारणमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । कम्पनीले सेती नदीमा निर्माण हुन लागेका ७५० मेगावाटको पश्चिम सेती, २१० मेगावाटको चैनपुर सेती लगायतका १२ सय मेगावाट बराबरका आयोजनाको विद्युत् प्रसारणका लागि १७० किलोमिटर लामो ४ सय केभीको १९ अर्ब लागत बरारबको बझाङ–अत्तरिया प्रसारण निर्माण गर्ने लक्ष्य राखेको छ । भेरी नदीमा निर्माण हुन लागेका ४१० मेगावाटको नलगाढ, ६१७ मेगावाट बराबरको भेरी–१, २५६ मेगावाट बराबरको भेरी–२ लगायतका ३ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गर्नका लागि ११० किलोमिटर लामो ४ सय केभीको ३४ अर्ब ८४ करोड लागत बराबरको त्रिवेणी मैनतारा प्रसारण लाइन आयोजना निर्माा अघि बढाउन लागिएको कम्पनीले जनाएको छ ।
अरुण नदीमा निर्माण हुन लागेका ४३४ मेगावाटको किमाथांका अरुण, ३३५ मेगावाटको अपर अरुण लगायतका १५ सय मेगावाट बराबरका विद्युत् प्रसारणका  लागि ४ सय केभीको ३८ किलोमिटरको ५ अर्ब ५७ करोड लागत बराबरको किमाथांका–शितलपाटी प्रसारणलाइन पनि कम्पनीले अघि बढाउन लागेको छ ।
तमोर नदीमा निर्माण हुन लागेका १५५ मेगावाटको सुपर तमोर, १०१ मेगावाटको तमोर मेवा लगायतका जलविद्युत् आयोजनाबाट उत्पादित ७ सय मेगावाट बराबर विद्युत् प्रसारणका लागि २५ किलोमिटरको ४ अर्ब ४६ करोड बराबरको २२० केभी तमोर–ढुंगेसाँघु तथा मेवा तमोर नदीमा निर्माण हुने ४९ मेगावाटको मध्यम मेवा, २८ मेगावाट बराबरको अपर मेवा, २३ मेगावाटको सिवा खोला लगायतका १८० मेगावाट बराबरको विद्युत् प्रसारण गर्ने गरी २५ किलोमिटरको २ अर्ब लागत बराबरको १३२ केभीको मेवा–ढुंगेसाँघु प्रसारण लाइन आयोजनाको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
कम्पनीले विभिन्न वित्तिय संस्थासँग ऋण लिएर प्रसारणलाइन आयोजना निर्माण गर्ने लक्ष्य राखेको काराेबार दैनिकले लेखेकाे छ ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार