११ श्रावण २०८१, शुक्रबार

दुई चितुवाको छालासहित दुई जना पक्राउ



धनगढी । प्रहरीले दुई चितुवाको छाला कैलालीका दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी चितुवाको छाला बेचबिखन र ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–४ बाट चितुवाको दुई थान छाला सहित डोटी बढिकेदार गाउँपालिका–५ का २३ बर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१ का ३२ बर्षीय रामबहादुर विष्टलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।
राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । यस बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जनाए ।
थापा कपडाको पसल राखेर व्यापार गर्छन् भने बिष्ट माछापालन गर्छन् । थापाले बडिकेदारमा र थापाले चुरेमा चितुवाको शिकार गरेका र उनीहरुले अत्तरियामा राखेको जानकारी पाएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । चितुवाको छाला एउटाको लम्बाई ९ फिट छ भने अर्कोको लम्बाई ७ इन्च छ । दुई छालाको चौडाई २ फिट रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार