२ जेष्ठ २०८१, बुधबार

नमुना हर्बल गार्डेन बन्ने



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा नमुना हर्वल गार्डेन बन्ने भएको छ । १४ करोड रुपैयाको लागतमा सुदूरपश्चिम प्रदेश सरकारले सो हर्बल गार्डेन निर्माण गर्ने बताइएको छ ।


सुदूरपश्चिम प्रदेश सकारको आर्थिक वर्ष २०७५÷०७६ बजेटमा हर्वल गार्डेन योजनाको डिपिआर निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । १३ विघा १९ कठ्ठा जमिनमा निर्माण हुने गार्डेनमा स्विमिङ पुल, विभिन्न प्रकारका आर्युवेदीक औषधी, बाल उद्यान आदि निर्माण हुने छ ।
सुदूरपश्चिममा अथाह श्रोतको रुपमा रहेर पनि खेर भइरहेको जडीबुटीको खोज अनुसन्धान तथा बजार प्रवद्र्धन गर्न हर्वल गार्डेनको स्थापना गरिने प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले बताए ।
प्रदेश सरकारले हर्वल गार्डेनको लागि आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा २५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।
डिपिआर निर्माण भएको हर्वल गार्डेनमा हाइटेक नर्सरी, हर्वल पार्क, अत्याधुनिक क्यान्टीन, बोरीङ, टिकटघर, फोटो मैदान, जडीबुटी उद्यान, स्कुपचर गार्डेन, प्रवेश द्वार, बाल उद्यान, पार्किङ लगायतको स्टिमेट गरिएकाे छ ।
गत आर्थिक बर्षमा गार्डेनको डिपिआर तथा सम्भाव्यता अध्यायनको लागि सामाजिक विकास मन्त्रालयले ५० लाख र यो आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको छ । गार्डेन सञ्चालन मुख्य जिम्मेवारीमा सामाजिक विकास मन्त्रालय अन्र्तगत सेतिअञ्चल आयुर्वेद निर्देशनालयले गरीरहेको छ ।
सामाजिक विकास मन्त्रालयका आर्युवेद शाखाका अधिकृत डाक्टर चेतराज जोशीले गार्डेन बने सुदूरपश्चिममा हर्वल पर्यटन विस्तारमा टेवा पुग्ने बताए ।उनले जडीबुटी संरक्षण र प्रर्वद्धन, हर्वल गार्डेनको विस्तार गर्न उक्त ठाउँमा जडीबुटी संकलन तथा प्रसोधन केन्द्र समेत बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार