१० श्रावण २०८१, बिहीबार

मदिराको लाइसेन्स बुझाए एक लाख पुरस्कार !



गोकर्ण दयाल/बैतडी । मदिराको लाइसेन्स बुझाएर कारोबार बन्द गर्नेलाई दोगडाकेदार गाउँपालिकाले एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मदिराले समाजमा कलह सिर्जना गर्नुका साथै घरेलु हिंसा बढेको भन्दै दोगडाकेदार गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।


महिलाहरुले पटक पटक गाउँपालिकामा आएर मदिरा बन्द गराउन निवेदन दिन थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पर्वती कार्कीले बताए ।
गाउँपालिकाले कानूनी हिसाबले मदिरा बन्द गर्न सक्दैन त्यसैले लाइसेन्स बुझाउनेलाई गाउँपालिकाले एक लाख पुरस्कार दिने घोषणा गरेका हौ उनले भने । मदिराको कारोबार गर्नेलाई अन्य व्यवसाय गर्न सजिलो होस भनेर एक लाख रुपियाँ दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
मदिराका कारण दोगडाकेदार गाउँपालिकामा घरेलु हिंसाका साथै विकृति फैलिएको छ स्थानीय महिला गोमती कार्कीले बताए । त्यसैले मदिरा बन्द गराउन माग गर्दै आएका छौ उनकाे भनाइ छ ।
दोगडाकेदार गाउँपालिकामा २० भन्दा बढीले मदिराको कारोबार गर्ने गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार