११ श्रावण २०८१, शुक्रबार

बाजुरामा ६४ प्रतिशत जनसंख्या गरिबको रेखामुनि



बाजुरा । सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बाजुरामा ६४ प्रतिशत बढी जनसंख्या अझैं पनि गरिबीको रेखामुनि रहेको देखिएको छ ।

मानव विकास प्रतिवेदन २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार बाजुरामा ६४ दमलव एक प्रतिशते जनसंख्या गरिवीको रेखामुनि रहेको देखाएको छ । त्यस्तै, गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा प्रकाशित गरेको प्रतिवेदनमा ७१ दशमलव एक प्रतिशत जनसंख्या गरिवीको रेखामुनि रहेको सार्वजनिक गरेको थियो ।
नेपालीको औसत आयू ६९ दशमलव दुई रहे पनि बाजुराका जनताको औसत ५९ दशमलव पांच छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाच्ने तथा गरिवीकै कारणले अधिकांश बजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको जिल्ला स्वास्थ्य बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माको भनाई रहेको छ ।
गरिब घर पहिचान बोर्डका निर्देशक रामहरि गैरेका अनुसार बाजुरामा कुल जनसंख्याको ३५ प्रतिशत अति गरिब, २२ प्रतिशत मध्यम गरिब र १४ प्रतिशत सामान्य गरिव रहेका छन् ।
१८ वटा सूचकको आधारमा बोर्डले गाउंवस्तीमा पुगेर गरेको स्थलगत अध्यननका आधारमा जिल्लाको गरिवी दर पहिचान गरेको जनाएको छ ।
त्यस्तै, बाजुरा देशकै सबैभन्दा बढी खाद्य संकट हुने जिल्लाका रुपमा पनि चिनिने गरेको छ । जिल्लामा सात दशमलव पांच प्रतिशत परिवार भूमिबिहिन रहेका हलिया मुक्ती समाज बाजुराले जनाएको छ ।
आफ्नो उत्पादनले तीन महिनासम्म मात्र खान पुग्ने परिवार संख्या ३८ दबमलव सात प्रतिशत रहेको छ भने छ महिनासम्म खानपुग्ने जनसंख्या २७ दशमलव चार प्रतिशत रहेको छ ।
त्यस्तै, आफ्नो उत्पादनले, नौ महिनासम्म खान पुग्ने जनसंख्या सात बदशमलव छ र बाह्रै महिना खान पुग्ने जनसंख्या जम्मा चार दशमलव चार प्रतिशत रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराका नौ वटा स्थानीयमध्ये सबैभन्दा बढि गरिवी स्वामीकार्तिक गाउपालिका ७५ प्रतिशत रहेको छ । भने कम गरिवी गौमुल गाउपालिका ३२ दशमलव सात प्रतिशत रहेको छ । त्यस्तै बांकी सात स्थानीय तहमा ५० प्रतिशत भन्दा बढि गरिवी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार