१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्री भट्टले जिम्मेवारी लिएनन् (सूचितसहित)



धनगढी । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १४ महिनापछि सांगठनिक एकता भएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार७७ जिल्ला र चार महानगरमा इन्चार्ज र सहइन्चार्ज तोकिएका छन्।


सुदूरपश्चिमका नौ वटा जिल्लामा भने जिल्ला अध्यक्षमा झै तत्कालिन एमालेतर्फका पाँच जनाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएको महासचिव विष्णु पौडेलको विज्ञप्तीमा उल्लेख छ । बाँकी चार जिल्लाको जिम्मेवारी तत्कालिन माओवादीतर्फका नेताहरुले पाएका छन ।
सुदूरपश्चिमकै सवैभन्दा ठूलो पाँचवटा निर्वाचन क्षेत्र भएको कैलालीमा तत्कालिन माओवादीका रुपा चौधरीले इन्चार्ज तोकिएको छ । भने सहइन्चार्जमा गरिमा शाह, झपट रावल, नारदमुनी राना, वीरमान चौधरी,महेश्वर पाठक, लीलाकुमारी भण्डारी र हरिनारायण चौधरी छन । यसअघि कैलालीमा जिल्ला अध्यक्षको जिम्मा तत्कालिन एमालेको भागमा परिसकेको छ ।
अर्को ठूलो जिल्ला कञ्चनपुरको इन्चार्जमा तत्कालिन एमालेका विक्रम शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । कञ्चनपुरमा देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा सहइन्चार्ज भएका छन । कञ्चनपुरको अध्यक्ष तत्कालिन माओवादीले पाएको छ ।
तेस्रो ठूलो दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा तत्कालिन माओवादीका तारामान स्वाँर इन्चार्ज र शरदसिंह भण्डारी सहइन्चार्ज भएका छन । अछाममा यसअघि नै तत्कालिन एमाले पक्षले जिल्ला अध्यक्ष पाएको छ ।
यस्तै गरेर बाजुरामा तत्कालिन एमालेका लालबहादुर थापा इन्चार्ज र प्रकाशवहादुर शाह सहइन्चार्ज भएका छन । बाजुरामा जिल्लाको अध्यक्ष पनि तत्कालिन एमालेले नै पाएको छ । डोटीको इन्चार्जमा तत्कालिन एमालेका प्रेमआलेमगर र सहइन्चार्जमा गौरी ओली छानिएका छन् । डोटीमा पनि तत्कालिन एमालेकै जिल्ला नेतृत्व रहेको छ ।
डडेलधुरामा तत्कालिन माओवादीका खगराज भट्ट जिल्ला इन्चार्ज भएका छन् । तर भट्टले साे जिम्मेवारी अस्वीकार गरेकाे बताएका छन् । ‘म जुनियर भन्दा मुनी बस्दैन’ भनेर प्रदेश इन्चार्ज भीम रावललार्इ जानकारी गराइसकेकाे उनकाे भनार्इ छ । डडेल्धुरामा तत्कालिन एमालेकी निरा जैरु सहइन्चार्ज भएका छन् । डडेलधुराको जिल्ला नेतृत्व पनि ततकालिन माओवादीकै छ ।
बैतडीमा पनि तत्कालिन माओवादीका नरेन्द्र कुँवरलाई जिल्ला इन्चार्ज वनाइएको छ । सहइन्चार्जमा पुरनसिंह दयाल र रेणु चन्द छनौट भएका छन । बैतडीको अध्यक्षमा तत्कालिन एमालेको भागमा परिसकेको छ ।
दार्चुलामा भने तत्कालिन एमालेका गणेश ठगुन्ना जिल्ला इन्चार्ज भएका छन । अर्को केन्द्रीय सदस्य नभएकोले दार्चुलामा सहइन्चार्ज छानिन सकेन । दार्चुलाकै लक्ष्मणदत्त जोशी प्रदेशको सहइन्चार्ज भैसकेका छन । दार्चुलाको जिल्ला नेतृत्व भने तत्कालिन माओवादीले पाइसकेको छ ।

मुख्यमन्त्रीले जिम्मेवारी लिएनन्

अन्य प्रदेशका मुख्यमन्त्रीहरुले नेकपाको विभिन्न तहको जिम्मेवारी लिएको भएपनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट जिम्मेवारी विहिन छन् ।
मुख्यमन्त्रीलाई डोटीको इन्चार्ज हुन भनिएको थियो तर उहाँले दोहोरो जिम्मेवारी लिन चाहनु भएन भट्टका स्वकिय सचिव शिव वताए । सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहले पनि बाजुराको सहइन्चार्जको जिम्मेवारी लिएका छन ।
छिमेकी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाको जिम्मेवारी लिएका छन । गण्डकी र पाँच नम्वरका मुख्यमन्त्रीहरु क्रमशः पृथ्वीसुव्वा गुरुङ र शंकर पोखरेल यसअघि नै प्रदेश इन्चार्ज भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार