१२ श्रावण २०८१, शनिबार

परियोजनाकाे परिचयात्मक कार्यक्रम



धनगढी । गैर सरकारी संस्था फाया नेपालले सञ्चालन गरिरहेको नेपालमा समावेशी बिपद उत्थाशील प्रयासबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माण परियोजनाको परिचयात्मक कार्यशाला शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।

बिपद जोखिम ब्यवस्थापन गर्दा ज्येष्ठ नागरिकहरुको हितलाई पनि ध्यानमा राख्नुपर्ने भन्दै सो परियोजनाले वकालत गर्ने गर्छ । कार्यशालामा फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले परियोजनाबारे जनाए । हेल्प एज इन्टरनेशनलसितको साझेदारीमा ञ्चालन सो परियोजना कैलाली जिल्लाको धनगढी उमहानगरपालिकाको वडा नम्बर १०, १४, १५, १६, १७, १८ र १९, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका बिभिन्न वडामा सञ्चालित छ ।
फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएके कार्यक्रममा गोदावरी नगरपालकिाका प्रमुद हरिसिंह साउँद, उप प्रमुख रत्ना कडायत, गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवा र उप प्रमुख अञ्चला चौधरीले परियोजनाबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार