१२ श्रावण २०८१, शनिबार

मलामी गएका दुई जना पक्राउ



धनगढी । मलामी गएका दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।


गत बिहीबार सा“झ धनगढीको शहीदगेट नजिक भएको बम बिस्फोटमा ज्यान गुमाएका बझाङका रामबहादुर सिंहको दाहसंस्कारमा सहभागी बनेका बझाङकै सीता सिंह र प्रकाश जप्रेललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
मृतक रामबहादुरको शनिबार मोहनाघाटमा अन्तिम दाहसंस्कारमा मलामी गएर फर्किदै गरेको अवस्थामा सीता र प्रकाशलाई पक्राउ गरिएको बताइएको छ ।
सीता मृतक रामबहादुरकी आफन्त भएको बताइन्छ । उनी नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट महिला संगठनको सदस्य रहेको र प्रकाश विप्लव निकट विद्यार्थी संगठनको नेता भएको बताइएको छ ।
प्रहरीका अनुसार नियमित चेकजाचका क्रममा स्कुटीमा सवार दुवै जना स्कृटी छोडेर भागेकाले प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार