१० श्रावण २०८१, बिहीबार

धनगढी बम विस्फोटः एकको मृत्यु



धनगढी । धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका बस्ने अन्दाजी ३५ वर्षिय रामबहादुर सिंहको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
विस्फोटमा परि घाईते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले सिंहलेनै टिफिन कन्टेनर बम बोकेको अनुमान गरेको छ । बेन्चमा बस्दा प्रेसर पुग्दा बम पड्किएको हुन सक्ने प्रवक्ता बस्नेतले बताए ।
घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल फेला परेको थियो । प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताए । उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार