१० श्रावण २०८१, बिहीबार

धनगढीमा बम बिस्फोट, पाँच घाइते, घटनास्थलमा पेस्तोल फेला



धनगढी । धनगढीमा बिहीबार साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो ।
विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् ।
घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । घाइतेको ठेगाना खुल्न सकेको छैन् ।
घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । प्रहरी प्रवक्ता बस्नेतले नौ मिलिमिटरको चाइनिज पेस्तोल र टिफिन कन्टेनर बम भएको पुष्टि गरे ।
पेस्तोल कस्को हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ ।


घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताए ।


उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार