१२ श्रावण २०८१, शनिबार

जंगली निउरो खाँदा दुईको मृत्यु, एक गम्भीर



एकेन्द्र महता/अछाम । अछामको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ ।

रामरोशन गाउँपालिका वडा नम्बर ५ तल्लो पाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए ।

मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । मृतककी आमा नरपता बोहराका अनुसार २७ गते बिहान निउरो खाएपछि बान्ता हुने लगायतको समस्या देखिएको थियो ।

आइतबार अस्पताल ल्याउने तयारी गर्दा छोरीको घरमै र छोराको उपचारको क्रममा अस्पतालमा ज्यान गएको शाहीले बताए । आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार