३० बैशाख २०८२, मंगलवार

दूग्ध उत्पादन सहकारीलाई अनुदान चेक हस्तान्तरण



धनगढी । दुध उत्पादन र बजारीकरणको आधारमा छनौट भएका दुग्ध सहकारीहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरीएको छ ।
भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीले शनिबार धनगढीमा चेक हस्तान्तरण समारोह अयोजना गरी सुदूरपश्चिम प्रदेशका १० दुग्ध सहकारीलाई चेक हस्तान्तरण गरेको छ ।
दुध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रममा कृषकहरुलाई अनुदान वितरण गर्न इच्छुक उत्पादन सहकारी संस्थाहरुलाई एक लिटर दुध बराबर एक रुपयाँ अनुदान रकम दिएको हो ।
कैलालीका सात र कञ्चनपुरका तिन गरी जम्मा दश दुग्ध सहकारी संस्थालाई झण्डै ३५ लाख ७१ हजार पाचँ सय पन्ध्र लिटर दुध बराबरको अनुदान रकम वितरण गरेको छ ।
जसमध्ये शान्ती नेपाल साना किसान सहकारी संस्था लिमिटेड टिकापुर–९ कैलालीले बार्षीक लाख लिटर दुधको कारोबार गरेको प्रस्तावनाको आधारमा सबैभन्दा बढी नौ लाख रकम अनुदान प्राप्त गरेको छ, भने त्यस्तै सृजना वचत तथा ऋण सहकारी संस्था महाकाली दोधारा चादनी–४ कञ्चनपुरले चार लाख ६२ हजार ९६ रुपयाँ, टिकापुर महिला साना किसान सहकारी संस्था टिकापुर कैलालीले चार लाख १० हजार, मनुवा महिला साना किसान सहकारी संस्था जानकी गाउँपालीका कैलालीले तिन लाख ५० हजार, धनसिहंपुरमहिला सहकारी संस्था धनसिहपुर कैलालीले ३ लाख ३५ हजार, नारायणपुर महिला साना किसान सहकारी संस्था नारायणपुर कैलालीले तिन लाख पाचँ हजार रकम बराबरको चेक हस्तान्तरण गरीएको छ ।
त्यस्तै दुग्ध विकास सहकारी संस्था लम्कीचुहा नगरपालीका–१ कैलाली दुई लाख ९१ हजार छ सय, दुर्गोलि महिला साना किसान सहकारी संस्था जानकी गाउँपालीका–१ कैलाली दुई लाख ४५ हजार, पुर्नवास सहकारी संस्था पुर्नवास नगपालीका–६ कञ्चनपुरले दुई लाख १८ हजार आठ सय १९ रुपयाँ र शिवशक्ति दुग्ध सहकारी संस्था पुर्नवास–८ कञ्चनपुर पाचँ हजार चार सय बराबरको अनुदान रकमको चेक प्राप्त गरेका छन् ।
कार्यक्रममा सहभागी दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुले अनुदान पाएकोमा खुशि व्यक्त गरेका छन् । शान्ती नेपाल साना किसान सहकारी संस्थाकी लेखापाल डिला न्यौपानेले सुदूरपश्चिमका पशुपालक किसानले यसरी घरदैलोमै अनुदान पाउँदा आफुहरु हर्षित भएको बताईन् । उनले यो अनुदान रकमले राज्यको पहुचबाट पछाडी पारीएका पशुपालक किसान थोरै भएपनी राहात र थप काम गर्ने उर्जा थपेको सुनाईन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीका प्रमुख डा. मदन सिहँ धामीले अनुदानको लागी लागी आएको सबै रकम खर्च गर्न नसकेकोमा दुख्ख व्यक्त गरे । सुदूरपश्चिम प्रदेशमा पशुपालन क्षेत्रमा थोरै कार्यक्रम आउने र जसमा पनी कार्यान्वन हुन नसक्दा विकासमा पछाडी परेको उनले बताए ।
दुध उत्पादक किसानलाई अनुदानको लागी कार्यक्रम आर्थिक बर्ष २०७२÷०७३ मै स्विकृत भई आएको र अनुदानको मापदण्डमा अन्योलताले ढिलाई भएको उनले बताए ।
उनले देश संघियतामा गईसकेको र तिनै तहका सरकारले नया युवा पिडीलाई पशुपालन क्षेत्रमा लाग्न प्रोत्साहन हुने किसीमका कार्यक्रमहरुलाई प्राथमीकता दिनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रमका सभापती तथा वरिष्ट पशु चिकित्सक डाक्टर बसन्त बहादुर सिहँले दुग्ध उत्पादन किसानले आफुहरुलाई घच्घच्याएकै कारण छोटो समयमै कार्यक्रम गर्न सफल भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार