११ पुष २०८१, बिहीबार

देशैभर भारी वर्षा: बाढीपहिरोबाट ३२ जनाको मृत्यु, ८३१ जनाको उद्दार



धनगढी । नेपालमा तीन दिनदेखि लगातार भएको भारी वर्षापछि आएको बाढीपहिरोबाट ३२ जनाको मृत्यु भएको छ ।


प्रहरी प्रधान कार्यालयले शनिबार दिउ“सो सार्वजनिक गरेको तथ्यांकअनुसार देशको पूर्वी र मध्यक्षेत्रमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३२ पुगेको जनाइको छ । प्रहरी प्रधान कार्यालयले ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३/३ जना, सिन्धुली र धादिङमा २/२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १/१ जनाको मृत्यु भएको जनाएको छ ।
त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका आठ सय ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना वेपत्ता छन् ।
अविरल वर्षा तथा बाढीपहिरोबाट प्रभावितको उद्धारका लागि २७ हजार ८ सय ३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्ला डुबानमा परेका छन् । बाढीले पूर्व–पश्चिम राजमार्गको महोत्तरीको पुल बगाउ“दा यातायात पुर्ण रुपमा प्रभावित भएको छ । ओखलढुंगा, खोटाङ, भोजपुर, तेह्रथुम, म्याग्दी, बेनी, जोमसोम, मनाङ लगायतका ठाउ“मा बाटो अवरुद्ध भएको छ । रौतहटका अधिकांश स्थानमा सम्पर्क विच्छेद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृतकका परिवारलाई तीन लाख राहत दिइने

प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो ।

तीन दिनदेखि भइरहेको अविरल वर्षाको कारण प्रदेश २ का जिल्लाहरुमा कटान, डुबानसंगै मानवीय क्षति हुन थालेपछि राहत स्वरुप उक्त निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जनाए । बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसंग अनुरोध गरेको छ ।
यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै बाढीको कारण ज्यान जोखिममा परेकाहरुलाई उद्धारका लागि मातहतका सबै नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष विजयकुमार यादव तथा राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ती जारी गरी पीडितलाई धैर्यधारणगरी सजगता अपनाउन तथा पार्टी कार्यकर्तालाई सहयोग, उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गरेका हुन् ।

स्थानीय तह मार्फत् राहत दिइने

वर्षासंगै आएको बाढी र पहिरोका कारण प्रभावित भएकाहरुका लागि केन्द्रीय सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय विपद व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।
कार्यसमितिको बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने निर्णय गरेको गृहसचिव प्रेम कुमार राईले जनाए ।
बाढीपहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जनाए । वर्षा नरोकिए अझै क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि आग्रह सरकारले सबैलाई आग्रह गरेको छ । भारतले सीमा क्षेत्रमा निर्माण गरेको बा“धका कारण प्रत्येक वर्ष नेपालमा अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् ।
भारतकै कारण वर्षेनी आउने बाढीका कारण तराईका जिल्लाहरु डुबानमा पर्ने गरेपनि समस्या समाधानको दीर्घकालिन उपाय भने अपनाइएको पाइदैन । प्रदेश तथा स्थानीय तहबाट सर्भे समेत नगरी जथाभावी सडक विस्तार गर्ने कारणले पनि ती लगायत अन्य विभिन्न स्थानमा सडक पहिरो जाने गरेको उनले बताए ।
कुनैपनि संरचना निर्माण गर्दा त्यसको भौगोलिक अवस्थालाई ध्यानमा राखेर दिगो किसिमको संरचना निर्माणमा सम्बन्धित निकायले सोच्नुपर्ने उनको भनाई छ ।

बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।
अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।
यसैबीच, शनिबार प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार