११ श्रावण २०८१, शुक्रबार

सहिद गौतमको शालिक अनावरण



धनगढी । भारतिय सुरक्षाकर्मीको गोली लागेर सदाहत प्राप्त गरेका कञ्चनपुरको पुर्नवास नगरपालिका –४ का गोविन्द गौतमको विहीबार शालिक अनावरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामातामाङले सहिद गौतमको शालिक अनावरण गरेका हुन । शहिद गौतमका वुवा खेमलाल गौतमले प्रदान गरेको पाँच कट्टा जग्गामा सहिद गोविन्द गोतम पार्क वनाइएको छ । सोही पार्कमा शालिक अनावरण भएको हो ।
पार्कलाई व्यवस्थित गर्न र शालिक बनाउन प्रदेश सभा सदस्य तामाङको प्रदेश पूर्वाधार विकास योजनाबाट आठ लाख र पुनर्वास नगरपालिकाले पाँच लाख रुपैयाँ खर्च भएको छ । पार्कलाई अझ व्यवस्थित बनाउन प्रदेश सरकारबाट आगामी आर्थिक बर्षमा थप ३० लाख रकम विनियोजन भएको प्रदेश सभा सदस्य तामाङले बताए ।
पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले सहिद पार्क अझै कसरी व्यवस्थित बनाउन सकिन्छ त्यसका लागि आफूहरु प्रदेश सरकारसंग मिलेर काम गर्ने बताए ।
भारतिय पक्षबाट भइरहेको सीमा अतिक्रमणको विरोध गर्ने क्रममा २०७३ साल फागुन २६ गते गोविन्द गौतम भारतिय सुरक्षाकर्मी एसएसवीको गोलीबाट मारिएका थिए । गौतमका वुवा खेमलालले गला अवरुद्ध पारेर आँखाबाट आँशु झार्दे आफ्नो छोराको शालिक देख्ने चाहना पुरा भएको बताए । सो अवसरमा सहिद गौतमकी आमा, श्रीमति लगायतका आफन्तको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार