१२ श्रावण २०८१, शनिबार

शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु



महेन्द्रनगर । नीजि स्कुलका शिक्षकको कुटपिटबाट घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्य भएको हो । विद्यालयबाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई आधार लिएर विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले गत शुक्रबार कुटपिट गरेर घाइते बनाएका थिए ।

नौ कक्षामा अध्ययनरत कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँखुट्टा भाँचिएको थियो । नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार लागि उनका परिवारले भारतको राममुर्ती मेडिकलमा लगेका थिए ।

माधबको मंगलबार राति उपचारका क्रममा मेडिकलमा मृत्यु भएको हो । विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार