१२ श्रावण २०८१, शनिबार

बर्दगोरियाकाे पूर्वाधार योजना



गणेश चौधरी/टीकापुर । कैलालीको बर्दगोरिया गाउपालिकाले बर्दगोरिया धार्मिक क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण थालेको छ ।

वडा नम्बर २ का अध्यक्ष भेखु चौधरीका अनुसार मन्दिरसम्म पुग्ने सिंढी, भक्तजनका लागि नुधाउने तलाउ सहितका पुर्वाधार निर्माण सुरु गरिएको छ ।
सरकारले यसअघि बर्दगोरिया मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि पहल नगरेपछि स्थानीय तहको गठनपछि गाउंपालिकाले यस क्षेत्रको विकास निर्माणलाई पहिलो प्राथमिकता दिदै आएको वडाध्यक्ष भेखुले बताए ।
१८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्निकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुईवटा पोखरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार