११ श्रावण २०८१, शुक्रबार

डिजिटल मार्केटिङ तालिम



धनगढी । धनगढीमा शनिबार पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ तालिम समापन भएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा तथा नाटा सुदूरपश्चिम प्रदेशको आयोजनामा सो तालिम भएको थियो ।
कार्यक्रमको सुदूरपश्चिम प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरिन् ।
सो अवसरमा पर्यटन मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको विकासका लागि डिजिटल मार्केटिङको माध्यमबाट सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे विश्वभरी प्रचारप्रसार प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नाटा केन्द्रका महासचिव रमेश थापाले विश्वस्तरमा पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय बढाउन डिजिटल मार्केटिङले महत्वपूर्ण योगदान दिने बताए ।
तालिम समापन कार्यक्रम नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बम, कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारी, नेपाल एयरलाईन्सका अधिकृत जनकसिंह बिष्ट, सुमन ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा कैलाली, कञ्चनपुर, डडेल्धुराका उद्योग वाणिज्य संघका अध्यक्ष, पर्यटन व्यवसायी, फोटो पत्रकार संघ, नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका पदाधिकारी तथा सदस्य, धनगढीका पत्रकार गरी ७० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रसुन शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार