१२ श्रावण २०८१, शनिबार

टिभिएसको ९८ औं सोरुम धनगढीमा



धनगढी । जगदम्बा मोटर्सले नेपालका लागि टिभिएस मोटर कम्पनीको एकल वितरकको रुपमा कैलालीको धनगढीमा ९८ औँ सोरुम सञ्चालनमा ल्याएको छ ।


जगदम्बा मोटर्सको आधिकारिक बिक्रेताको अत्याधुनिक थ्रिएस शोरुम धनगढीको बागेश्वरी अटोमोटिभले धनगढीमा सञ्चालन गरेको हो । नेपालमा टिभिएसको कम्पनीका विभिन्न बाईक तथा स्कुटरहरु विक्री गर्दै आएको जगदम्वाले असार १५ गते आइतबार विधिवत रुपमा उद्घाटन गर्ने भएको छ ।
देशभर ९७ वटा अत्याधुनिक सुविधा सम्पन्न शोरुम र सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गरी गरेको जगदम्बाले सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्दै आएको जगदम्बा मोटर्सका विजनेश डेभलोप म्यानेज मोहन उप्रेतीले जनाए । जगदम्वाले नेपालीमा ११० सिसिका ड्याज, जेस्ट, जुपिटर क्लासिक स्कुटर, १२५ सिसिको एण्टोर्क रस्ट्राइकर, १५०, १६०, १८०, २०० र ३१० सिसिको अपाचि आरटीआर नेपालमा विक्री गर्दै आएको छ । नेपालमा टिभिएसको १३ वटा प्रोडक्ट विक्री गर्दै आएको जगदम्बाले धनगढीबाट समेत टिभिएसका मोटरसाइकल तथा स्कुटरहरु ५ वर्ष तथा ६० हजार किलोमिटर वारेन्टीका साथ विक्री गर्ने म्यानेजर उप्रेतीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार